रौतहट : चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदाय नारायण सापकोटा (सुरेन्द्र) निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार  संघको निर्वाचनका लागि अध्यक्ष पदमा सापकोटाको मात्रै उमेदवारी परेपछि उनी र्निर्बिरोध निर्वाचित भएका हुन् ।  आधिकारीक घोषणा हुन भने बाँकी छ ।  संभवत यहि २४ गते घोषणा हुने बुझिएको छ ।

उनलाई निवर्तमान अध्यक्ष सुनिल कुमार जैसवालले प्रस्ताव र निवर्तमान महासचिव सुनिल कुमार साहले समर्थन गरेका थिए ।

सदस्यहरुमा भने २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्  ।

अध्यक्ष पदका लागी चन्द्रपुर ४ का उदय नारायण सापकोटाले मात्र उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य सचिब सुमन गौतमले जानकारी दिएका छन् ।

चन्द्रपुर नगर उद्योग बाणिज्य संघको निर्वाचन साउन २८ गते शनिबारका लागी तोकिएको छ ।

अध्यक्ष सहित १३ जना निर्वाचित हुने र ४ जना मनोनीत गरि १७ सदस्य कार्यसमिति बन्ने संघका नवनिर्वाचित अध्यक्ष सापकोटाले बताए ।

चन्द्रपुर नगर उद्योग बाणिज्य संघ निर्वाचन समितिका संयोजक खड्ग बाहादुर तामाङका अनुसार शुक्रबार उम्मेदवारी दर्ता हुनु अगाडी अध्यक्ष पदका दावेदारहरु, निर्वाचन समिति र निवर्तमान कार्य समितिहरुको बैठक बसेको थियो ।

आउदो साउन २८ गते शनिबार चन्द्रपुरका करिब ६ सय ब्यपारीले अन्य पदका उमेदवारहरुलाइ मत हाल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय