पुष्पराज खतिवडा
२२ श्रवण,बारा : किराँत राई यायोक्खाको ३५औं स्थापना दिवसका अवसरमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ महेन्द्रनगरकी सम्झना देवास राई सम्मान सहित पुरस्कृत हुनु भएको छ ।
आईतबार ललितपुरको मानभवनमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा सम्झनालाई ताम्रपत्र सहित ३० हजार नगद राशिको मनकुमारी साम्पाङ दुमि राई खेलकुद पुरस्कारबाट सम्मान गरिएको हो ।
सम्झना मोफसलमा बसेर कबड्डी खेलकुदमा बिगत डेडदशक देखी निरन्तर सकृय हुनुहुन्छ । राष्ट्रिय तथा अन्तरास्ट्रिय पुरस्कार प्राप्त गरि किरात राई समुदायको गरिमा उच्च बनाउने कार्य गरे वापत वहाँलाई यो पुरस्कारबाट सम्मान गरिएको यायोक्खाले जनाएको छ ।
२०१६ मा भारतको आसाममा भएको १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा वहाँले कास्य पदक प्राप्त गर्नु भएको थियो । भने विभिन्न समयमा नेपालमै भएका प्रतियोगितामा समेत वहाँले पदक प्राप्त गर्नु भएको छ । यसअघि गत असार २२ गते किराँत राई खेलकुद संघ खोटाङ्गले समेत वहाँलाई २० हजार नगद सहित सम्मान गरेको थियो ।
सम्मान पछि कुरा गर्दै सम्झनादे भन्नुभयो “राष्ट्रका लागि खेलेको थिँए । राई समुदायले गरेको सम्मान र पुरस्कारबाट धेरै खुशी छु । तर राई समुदायले मात्रै सम्झीने अरुले विर्षने गरेकोमा भने दुखित छु । मेरो प्रदेश र जिल्लाले खेलकुद क्षेत्रमा योगदान गर्ने मजस्तै धेरैलाई वेवास्था गरेको देख्दा भने निकै आश्चर्यमा छु” सम्झनाले दुखेसो सुनाउनु भयो
यायोक्खाले अन्य दश जनालाई समेत नगद पुरस्कार सहित सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा शिव सुन्दर मेवाहाङ राईले मदनेस्वरी राई स्मृती पुरस्कार प्राप्त गर्नु भएको छ । ३० हजार राशीको यो पुरस्कार मेवाहाङ मिथक, संस्कृतिको निरन्तर खोज अनुसन्धान गर्दै मेवाहाङ मुददुम प्रकाशन गरि संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिकाको लागी प्रदान गरिएको हो ।
यसैगरी १५ हजार राशिको संगीत पुरस्कार डाक्टर किरातलाई प्रदान गरिएको छ । भने २५ हजार राशिको छत्र बिष्णु राई कृति सम्मानबाट लेखक सम्पादक कौशल चेम्जोङलाई पुरस्कृत गरिएको यायाक्खाले जनाएको छ ।
यस्तै धनकेसर अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेस चाम्लिङ ले प्राप्त गर्नुभएको छ । ताम्रपत्र र ३० हजार नगदराशिको पुरस्कार वहाँलाई किरात राई जातीको परंरागत संचारको खोजी अध्ययन गर्दै पत्रकारिता मार्फत योगदान गरे वापत प्रदान गरिएको हो ।
यसैगरी १५ हजार राशिको मोहन सिं भाषिक पत्रकारिता पुरस्कार रेडियो नेपालको क्षेत्रीय प्रसारण धनकुटामा कार्यरत शुखकला राई पाउनु भएको छ ।
भने जागिरमान सुभाषी राई सांस्कृतिक भिडियो पुरस्कार रोशन राई प्राप्त गर्नु भएको आयोजकले जनाएको छ । त्यस्तै १५ हजार राशीको पुरस्कार वहाँलाई डेड दसक अगाडि देखी सामाजिक सांस्कृतिक अभियानमा निरन्तर सकृय रहे वापत प्रदान गरिएको जनाईएको छ ।
अक्षयकोष मार्फत अन्य तीन जनालाई छात्रवृत्ति र पुरस्कारहरू स्थापना दिवसको अवसरमा वितरण गरिएको यायाक्खाले जनाएको छ ।