२२ साउन, बारा: प्रहरीले बाराको अमलेखगजंबाट एकहजार लिटर अवैध घरेलु मदिरा बरामदगरी नष्ट गरेको छ ।

शनिबार दिउँसो जितपुरसिमरा उपमहानगपालिका वडा नंं.२१ अमलेखगन्ज स्थित गुरुङ टोल र गुम्बा टोलमाबाट तयारी मदिरा र मदिरा बनाउन तयार पारिएको कच्चा पर्दाथ बरामद गरी नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरी वरिष्ठ नायव निरिक्षक श्यामबाबु यादव नेतृत्वको टोलीले १० वटा घरबाट अवैध घरेलु मदिरा उक्त परिमाणको मदिरा र मदिराको कच्चा पदार्थ नियन्त्रणमा लिई वडा अध्यक्ष र स्थानीयको रोहबरमा नष्ट गरेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय