सिमरा : माछापुच्छे« बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुबिधा अन्तर्गत ग्राहलकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ ।

बैँकले सिमरा शाखामा स्मार्ट तलब खाता रहेको उमाकान्त चौधरीको परिवारलाई विमा सुविधा अन्तर्गत रु सात लाख रकम भुक्तान गरेको हो ।

चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दावी गरेको उक्त दुर्घटना बिमा बैँकले मृतकको परिवारलाई बुझाएको हो ।

वैँकले यसअघिपनी बिभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्र्तगत बिमा रकम भुक्तान गर्दै आइरहेको बैकका सिमरा शाखा प्रमुख रोशन न्यौपानेले बताउनुभयो ।

माझपुच्छे« बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई रु ७ लाखसम्मको दुर्घटना बिमा, १ लाख बराबरको जटिल प्रकृतिको रोगको उपचार खर्च, ४० हजार सम्मको अस्पताल भर्ना खर्च र १० हजारसम्मको औषधी उपचार खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आईरहेको प्रमुख न्यौपानेले बताए ।

बैँकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ वटा एक्सटेन्सन काउन्टर, १६७ शाखा रहित बैँकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय