२६ साउन सिमरा: खेलकुदलाई राष्ट्रिय आम्दानीका रुपमा विकास गर्नसक्ने तर्फ अझै सिंहदवारको ध्यान नपुगेको यूवा तथा खेलकुद मन्त्री महेश्वरसिंह गहतराजले बताएका छन् ।

विहिबार बाराको सिमरा रंगशालाको निरिक्षण पश्चात आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले भने “खेलकुदका क्षेत्रमा हामी गम्भीर हुुन सकेनौंभने पछी पछुतानु पर्ने छ” ।

देशको महत्वपूर्ण अर्थतन्त्रको रुपमा विकास गर्न खेलकुदमा लगानी गर्नुपर्ने उनको भनाई थियो । दक्षिण कोरियाको रेमिट्यान्सको सबैभन्दा बलियो आधार खेलकुद र खेलाडी भएको उनले सुनाए ।

“ग्रासरुटबाटै खेलको विकास गर्ने गरी त्यहाँको सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर त्यो सफलता पाएको हो । आज त्यहाँको धेरै खेलाडि दक्षिण एशियाका धेरै देशमा अनुबन्धीत छन् । त्यसको लाभ राज्यलाई भएको छ ।”

नेपालमा पनि खेलकुदलाई प्राथमिकतामा राखेर अघिबढ्नु पर्ने भन्दै मन्त्रि गहतराजले अवको हाम्रो ध्यान त्यसतर्फ केन्द्रित हुने बताए । सरकारले चाँडै खेलाडीहरुका हितमा निर्णगर्ने छ ।

अन्तराष्टिय पुरस्कार विजेता खेलाडीहरुलाई ३२ लाख देखी एक करोड ३२ लाख सम्मको पुरस्कार दिने योजना सरकारले बनाएको मन्त्री गहतराजले बताए ।

सरकारले खेलकुदमा ठुलो लगानी गर्न आत्तिनु हुँदैन । हिजो सरकारको चाहनामा पुरस्कार दिने प्रथा थियो । अवका दिनमा यती पाईन्छ, भनेर खेल्ने दिन आएको भन्दै खेलाडीको मनोबल उचो बनाउँदै खेलको सम्मान गरिने बताए ।

खेलकुद क्षेत्रको विकासलाई मध्यनजगर गर्दै सरकारले चालु बजेटमा खेलकुदका क्षेत्रमा लगानी बढाएको बताउँदै उनले भने “सरकारले एक विद्यालय एक खेलमैदान, एक पालिका एक पूर्वाधार र एकप्रदेश एक रंगशालको अवधारण अघि सारेको छ । ”

खेलकुदको विकासमा पूर्वाधारको र मैदानको आवश्यक पर्ने हुँदा सार्वजनिक क्षेत्र जोगाउन समेत उनले आग्रह गरे । “सिमरा रंगशाला सहित बाराको सिमरालाई देशकै आधुनिक र खेलमैत्री शहरको रुपमा विकास गर्न सकिने स्थानको रुपमा लिएका छौं ।”

खेलकुद हवको रुपमा यस क्षेत्रलाई विकास गर्ने कुरामा राज्य तयार रहेको भन्दै सहभागिलाई भने “खेलकुदमा गर्न सकिने संभावित पक्षलाई समेटर उपमहानगर मार्फत आउनुस् । बजेट ब्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग बसेर कुरा गरौँलां । ”

कार्यक्रमका अवसरमा क्लबका तर्फबाट यसैबर्ष संचालन हुने १३औं सिमरा गोल्डकपको आर्थीक तथा प्राविधिक सहयोगका लागि प्रस्तावना समेत मन्त्री गहतराजलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सिता गुरुङ्ग , जितपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेल , नवजनजाग्रिती यूवा क्लबका अध्यक्ष रामचन्द्र लामा महासचिब शम्भुसिंह ठकुरी लगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय