२८ साउन,बारा: प्रहरीले दुईफरक मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरि शनिबार सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक संजिव ओली नेतृत्वको टोलीले सुक्रबार दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला निजगढ वडा नं.११ बस्ने ५२ बर्षका अधिराम गुरो र जिल्ला रौतहट गुजरा नगपालिका जंगलसैया निवासी ६८ बर्षिय कृष्ण महत्तो भएको प्रहरीले जनाएको छ ।
गुरो वन मुद्दाका फरार प्रतिवादी हुन् भने महत्तो लागु औषध मुद्दाका फरार प्रतिवादी भएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बाराले २०७० साल पौष १२ गते गुरो विरुद्ध १० हजार २७५ रुपैंया २५ र एकमहिना कैद सजाँय सुनाएको थियो ।
यस्तै महत्तोका विरुद्ध ५ हजार जरिवाना सहित १० महिना २३ दिन कैद सजाँय सुनाएको थियो ।
उनीहरुलाई निजगढ नगरपालिका १३ भक्तलाल र शक्ति खोला नजिकैबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।