२०७९ साउन ,बारा: जग्गा किचलोका कारण लामो समयबाट अलपत्र परेको सिमरा कोल्हवी सडक खण्डमा पर्ने बालगंगा खोलाको पुल संचालनमा आएको छ । बारा क्षेत्र नं. ३ का संघिय सांसद रामबाबु यादव र स्थानिय जनप्रतिनीधिको अग्रसरतामा पुल सोमबारबाट संचालनमा ल्याईएको हो ।

आज एक कार्यक्रमका विच सांसद यादवले रिवन काटेर पुलको उद्घाटन गर्नु भएको हो । कार्यक्रमलाई सांसद यादव, जितपुरसिराका मेयर राजन पौडेल, उपमेयर भोला अधिकारी लगायतले सम्बोधन समेत गर्दै पुल संचालनमा आउँदा लाखौं जनतालाई राहत भएको बताउनुु भयो ।

दुईबर्ष अघि निर्माणको अन्तीम समयमा सखरा हाउजिँग कम्पनी प्रा.लि. बसुन्धरा काठमाडौंले अदालती प्रकृया मार्फत पुल निर्माणमा रोक लगाएको थियो । पुलको करिब ८० प्रतिशत काम सकेर दुवैतर्फ माटो भर्ने कार्य भैरहेका बखत जिल्ला अदालत बाराले पुलको काम थयास्थीतिमै रोक्न अन्तरिम आदेश गरेको थियो । सोही समयबाट पुल अलपत्र परेको हो ।

पुलको पूर्वपटि निर्माणको काम सकेर पश्चिम तर्फ काम गर्दै गर्दा अवरोध भएपछि काम छाडेर ठेकेदारले कामछाड्दा पुल निर्माण कार्य रोकिएको थियो ।

पश्चिम तर्फ माटोपुरी सडक निर्माण ग्रावेल गर्ने काम सांसद यादवको सक्रियता, जितपुरसिमरा उपमहानगरपालिको सहयोग, स्थानिय जनप्रतिनीधि र स्थानियको प्रयासमा तत्कालका लागि पुल संचालनमा ल्याईएको हो । विवाद निरुपण गर्दै पुल छिटो संचालन गर्न स्थायिले दवाद दिँदै आएका थिए ।

पुलको पिलर निर्माण ,भुँईमा माथील्लो ढलान र पश्चिम तर्फ जाली ढुङ्गाको बाँध निर्माण गर्न अझै बाँकी रहेको डिभिजन सडक कार्यालय हेटौंडाका सबईन्जिनियर सत्यन्द्र यादवले बताउनुु भयो । वहाँका अनुसार ५ देखी १० प्रतिशतको काम अझै बाँकी छ ।

०७८ चैत्र मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भैरहेको पुल आफ्नो जग्गामा बनेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाका विरुद्ध २०७७ माघ २७ गते सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाडौंले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।

कम्पनीले साविक डुमरवाना गाविस वडा नं.४ को कित्ता नं. ४३४ को १ विगाह र कित्ता नं.४३५ को ३ कठ्ठा जमिन मध्य १ विगाह १ कठ्ठा जमिनमा पुल बनेको दावी गरेको छ । कम्पनीका तर्फबाट कलैया उपमहानगरपालिका २४ सखुईका रामेश्वर प्रसाद यादवले मुद्दा दर्ता गराएका थिए ।

उनले प्रति कठ्ठा ११ लाख क्षेती पूर्ती माग दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय