
३१ साउन,बारा: निजगढ नगरपालिका– ६ मा मंगलबार बिहान स्कुल बसले किचेर ५ बर्षिय बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका घर भई हाल निजगढ नगरपालिका–६ सडकटोलमा बस्दै आएका राकेस राय यादवका छोरा आयुष राय यादव भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक संजिव ओली निजगढ नगरपालिकाको भित्रि सडक खण्डमा रहेको सडकटोल पानी ट्याङ्की नजिकै दुर्घटना हुदाँ ५ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको हो ।


“बिहान विद्यार्थी लिएर विद्यालय आउने क्रममा अभिभावकले विद्यार्थी स्कुल बसमा चडाउँदै गर्दा अभिभावकगंगै आएका बालक पछिडी पटिको बायाँ चक्कामा छिरेका रहेछन् । न मलाई थाहा भयो न अभिभावकले नै थाहा पाए” चालक राम बहादुर कार्कीले भने ।
दुर्घटना लगत्तै निजगढ– ७ स्थित बिद्यासगर ईंग्लिश बोर्डिङ स्कुलको प्रदेश–२–०३ ००१ क १०७३ नम्बरको स्कुल बस र चालक निजगढ–९ घर भएका ५५ वर्षीय राम बहादुर कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।