काठमाडौ : नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ आजदेखि देशभर एकैसाथ प्रदर्शन हुँदै छ ।

श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आएको उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय कलाकारको समेत भुमिका रहेको छ।

फिल्म निर्माता निरक पौडेलले चलचित्र ‘माइकल अधिकारी‘ राम्रो बनेको बताउँदै चलचित्र हेर्न जाने दर्शकको रकम खेर नजाने बताए । साथै उनले चलचित्र हेर्दा दर्शकले भरपुर मनोरञ्जन लिनेमा आफु ढुक्क रहेको बताए। करिब एक करोडको लागतमा बनेको चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय