निजगढ: बाराको निजगढ नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न शीर्षकमा सम्पन्न भएका योजनाहरूको अझै पनि पनि भुक्तानी दिन सकेको छैन । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा विभिन्न शीर्षकमा उपभोक्ता संस्थामार्फत खर्च भएको १४ करोडभन्दा बढी रकम अझैसम्म पनि भुक्तानी गर्न नसकेको हो ।
विद्यालय भवन निर्माण, मर्मतसम्भार, गुम्बा, मन्दिर निर्माण, सार्वजनिक शौचालय निर्माण, फनपार्क, क्लब घर निर्माणलगायतका दर्जनौं शीर्षकमा उपभोक्ता समितिसंग भएको संझौता अनुसारको रकम भुक्तानी बाँकी छ । नगरपालिकाबाट हुने विकास कार्यमा प्रयोग हुने हार्डवेयरलगायत अन्य निर्माण सामानका लागि कतिपय उपभोक्ता संस्था, समितिका लागि जनप्रतिनिधिहरू नै जिम्मा जमानी बसी उधारोमा सामग्री लिएर काम सम्पन्न गरेका छन् । तर नगरपालिकाले भुक्तानी नदिदा पसलेले बारम्बार फोन गरी गुनासो गर्ने गरेको एकजना जनप्रतिनिधिले दुःखेसो पोखेका छन । नगरपालिकाले गत वर्ष महत्वकाक्षी बजेट तर्जुमा गरेर साना टुक्रे योजना बनाउँदा रकम अभावमा भुक्तानीमा जटिलता आएको हो ।
आव २०७६/७७ मा निजगढ नगरपालिकाको कुल बजेट रु ६६ करोड १ लाख ९४ हजार थियो भने गत आव २०७७/७८ मा बढेर ९६ करोड २१ लाख ८० हजार ४७० रुपैयाँ पुगेको थियो । चालू आव २०७८/७९ मा निजगढ नगरपालिकाको प्रस्तावित बजेट रु १ अर्ब १ करोड ९४ लाख २३ हजार ८ सय प्रस्तुत गरिएको छ । चालू वर्षको लागि प्रस्तावित बजेटलाई पनि धेरैले महत्वाकाक्षी मानेका छन र नगरपालिकाको आलोचना पनि हुदै आएको छ । स्रोतको पहिचान नगरी बजेटमात्रै ठुलो बनाउदा चालू आवमा निजगढ नगरपालिकामा थप आर्थिक व्ययभार थपिने सम्भावना रहेको नगरपालिका कार्यालयका लेखा शाखाका कर्मचारीहरुले बताएका छन ।
सङ्घीय सरकारले ऋणात्मक बजेट बनाए पनि स्थानीय तहलाई यस्तो किसिमको बजेट निर्माण गर्न कानूनले बर्जित गरेको छ तर नगरपालिकाले यो वर्षको लागि पजि घाटा बजेट तर्जुमा गरेर कानुनको उल्लको उल्लघंन गरेका छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti