१५ भाद्र :बाराको सिमरामा दोस्रो अन्तर्राष्ट्रिय मन्जु देवी भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ।

यही भाद्र २९ देखि १ असोज सम्म संचालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न शहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

बुधबार सिमरामा सिमरा भेट्रान क्लबले पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी दिएको हो ।

दार्जिलिङ , कल्कत्ता र सिक्किम सहभागी हुने क्लबका कार्यक्रम संयोजक हरि चौधरीले जानकारी दिए ।

नेपालका चितवन , पर्सा , बारा , काठमाडौ , पोखरा समेत गरि देशी बिदेशी गरि १९ वटा टिम सहभागी हुने जनाइएको छ ।

दैनिक ४ वटा टिमले प्रतियोतामा अन्तराष्टिय मापदण्ड अनुसार एक टिमबाट गोलकिपर सहित ८ जना खेलाडीले खेल्ने छन्  ।

प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने संयोजक चौधरीले जनाए ।

प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार रुपैंया र ११ वटा खेलमा उत्कृष्ठ खेलाडीलाई ३ हजार रुपैंयाका दरमा म्यान अफ द म्याच प्रदान गरिने छ । भने प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई ३ हजार ५ सय रुपैया प्रदान गरिने प्रतियोगिता संयोजक चौधरीले जनाकारी दिए । विभिन्न बिधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानि १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

सिमरा भेट्रानका राज कपुर राउत( विजय) अध्यक्षतामा
आयोजित प्रत्रकार सम्मेलनमा स्वर्गीय मन्जुदेवी गुप्ताका कान्छा छोरा एवं समाजसेवी युवा श्यामबाबु गुप्ता , नेपाल पत्रकार महासंघ बारा अध्यक्ष रेशम तिवारी  र क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियोे  ।

सिमरामा २०७४ सालमा सम्पन्न भएको थियो ।

बारा जिल्ला र सिमराको पहिचान प्रवर्द्धन गर्ने उदेश्यले मधेस प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागिएको भेट्रान अध्यक्ष विजयले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय