श्याम गुप्ता
बिरगंज, १७ भदौ

नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ (ख) को प्रत्यक्ष तर्फ केन्द्रिय प्रचार तथा प्रकाशन विभागको सदस्य तथा बिरगंज महानगर कमिटीको उपाध्यक्ष पदका लागि महेश दास सहिँत ५ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय समिति क्षेत्र नं.२ को ख को आयोजनामा भएको बैठकले प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले श्याम गुप्ता, रुप नारायण प्रसाद, हरेराम पटेल र खुर्रम आलमको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभाको समानुपातिक तर्फ हरिशंकर लाल कर्ण, हिरामती देवी कुर्मी, शशिबाला देवी, नुतन सरावगी, अफजल हुसेन, शारा खातुनको नाम सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय कमिटीका संयोजक अफजल हुसेनको सभापतित्वमा भएको बैठकमा प्रमुख अतिथि केन्द्रिय सदस्य एवंम् जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य जिल्ला सह–इन्चार्ज अरबिन्द सिंह, जिल्ला अध्यक्ष जयप्रकाश थारु, बिरगंज महानगर कमिटी उपाध्यक्ष महेश दास, सचिव सुन्दर कुर्मी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय