२२ भाद्र, बारा:सिम्रौनगढबाट मालपोत तथा नापी कार्यालयको लिन अपायक भएको भन्दै देवताल गाँउपालिकाले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको नेतृत्वमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई विरोध स्वरुप ज्ञापन पत्र बुझाईएको हो । देवताल र सिम्रौनगढ विचको दुरी देवताल–कलैया भन्दा टाढा छ । जग्गाको कित्ताकाट ,अंशबन्डा , रजिष्ट्रेशन, नक्सा लगायतका सेवा कलैयाबाटै दिने ब्यवस्था गरिनु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


सिम्रौनगढ मालपोत र नापी शाखा विस्तारमा अपायक पर्ने क्षेत्र र भुगोललाई समावेश गरेर अनाहकमा झमेला गरिएको पालिका अध्यक्ष यादवले बताए । सिम्रौनगढ पुगेर सेवा लिन असहज भएपछि गाँउ कार्यपालिकाको निर्णय सहित प्रजिअलाई ज्ञापन पत्र बुझाएहौं, उनले बताए ।
पिडित जनताको माग सरोकारवाला निकायबाट चाँडै सम्बोधन होस भन्ने हाम्रो माग हो । विस्तार भएको सेवामा असहज हुने क्षेत्रका नागरिकहरुलाई मध्यनजर गरि साबिक कलैयाबाटै सेवा प्रदान गर्न हामिले आग्रह गरेका हौं , अध्यक्ष यादवले बताए ।