
पुष्पराज खतिवडा
२४ भाद्र ,बारा:चाडबाड नजिकिएसँगै बारा प्रहरीले अबैध मदिरा कारोबारमा कडाई थालेको छ । यसैसाता जिल्लाका ३ पालिकाका केही वडामा अप्रेसन गरेको प्रहरीले ६ हजार तयारी मदिरा सहित २६ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।
अपराधिक गतिविधि न्यूनिकरण गर्ने उदेश्यले थालिएको अभियान अन्तरगत जिल्लाका तिन पालिकामा संचालित ११ भट्टीबाट उल्लेखित परिमाणको अबैध घरेलु मदिरा नष्ट गरिएको बारा प्रहरीले जनाएको छ । सिम्रौगढ र पचरौता नगरपालिका तथा बारागढी गाउँपालिकाका विभिन्न स्थानमा प्रहरीले मदिरा विरुद्धको अप्रेसन गरेको हो ।


मदिरा उत्पादन , खुल्ला विक्रि वितरणसँगै घरेलु हिंसा, बालबालिका विरुद्द हुने अपराध र सवारी दुर्घटनाका घटना बढिरहेका छन् । सामाजिक अपराध र दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले घरेलु मदिरा विरुद्ध आक्रामक रुपमा बारा प्रहरी अघि बढिरहको प्रहरी निरिक्षक रामकाजी थापाले बताए ।
गत १९ गते दिउँसो जिल्ला प्रहरी कार्यालय मातहतका बारागढी सिम्रौनगढ ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं.१ अमृतगंज खजानी, पचरौता नगरपालिका वडा नं.१,पसवान टोल र बारागढी गाउँपालिका वडा नं.२ दौर्वा टोलमा अप्रेसन गरेको हो ।
उक्त स्थानहरुमा संचालीत ११ वटा अवैध भट्टीहरूबाट ६ हजार लिटर तयारी मदिरा सहित २० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको उनले जानकारी दिए ।
मदिरा सहित ठुलो परिमाणमा मदिरा उत्पादन गर्न प्रयोग गरिने मेसिन, भाँडाकुडा, ड्रमहरू नियन्त्रणमा लिईएको छ । नियमित रुपमा मदिरा विरुद्धको अभियानलाई जिल्लाभर तिब्र पारिने प्रहरी निरिक्षक थापाले बताए ।