२४ भदौ ,बारा : प्रहरीले ब्यक्ति अपहरण गरेको आरोपमा अदालतबाट सजाँय सुनाईएका एक जना फरार प्रतिवादीलाई २० बर्षपछि पक्राउ गरि सार्वजनिक गरेको छ ।

करैयामाई गउँपालिका वडा नं.३ बस्ने शत्रुधन साह कानुलाई गत १८ गते प्रहरीले महागढिमाई नगरपालिका १० गजंभवानीपुरबाट पक्राउ गरि सार्वजनिक गरेको हो ।

२०५९ जेठ ३१ गते बिहान करैयामाई गाउँपालिका वडा नं.३ बस्ने रामअयोध्या प्रसाद केशरीका छोरा देवेन्द्र प्रसाद केशरी कलैयाबाट साँझ घर फर्कने क्रममा अपहरण भएको थियो ।

घरतर्फ फर्कँदै गरेका केशरीलाई पसाह खोला किनारमा साविक हरैया गा.वि.स. ९ ,हाल करैयामाई गउँपालिका वडा नं.३ बस्ने शत्रुधन सहितका ७÷८ मिलेर लुटपाट गरी अपहरण गरि भारत पु-याएका थिए ।

हातहतियार देखाई केशरीको साथमा भएको नगद १० हजार लुटी अपहरण गरी भारतको आदापुरमा लगी भारतीय व्यक्तिलाई २ लाखमा विक्री गरेका थिए ।

जिल्ला अदालत बाराले उनलाई विरुद्ध जिउ मास्ने बेच्ने तथा डाँका मुद्दामा सजाँय सुनाएको थियो ।

सोही समयबाट फरार साहलाई गत १८ गते प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नं.१० गंजभवानीपुर बजारबाट नियन्त्रणमा लिएको प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय