३० भाद्र सिमरा: बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज एकैदिन ६ वटा खेल हुने भएको छ ।

सिमरा भेट्रान क्लबको आयोजनामा हिजादेखि शुरु सिमरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो दिन आज ६ वटा खेल हुने भएको हो । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत दोश्रो दिनका भईरहेकन छन् ।

पहिलो खेल बिहान ७ बजेदेखि सिमरा भेट्रान क्लब ए र विरगञ्ज युथ एकेडेमी भेट्रान बिच भयो । दोस्रो खेल बिहान ८ बजे भेट्रान सिटि विरगञ्ज र भुटनदेवी भेट्रान बिच भएको प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिए ।

तेस्रो खेल विरगञ्ज सिटि पर्सा र काल भैरव भेट्रान हेटौडा बिच हुनेछ । चौथो खेल दिउँसो २ बजे काठमाण्डौ भेट्रान र कलकत्ता भेट्रान भारत बिच हुनेछ । पाँचौ खेल मोरङ भेट्रान र अभिषेक चर्च परासी बिच हुनेछ । आजको छैठौ खेल डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा र दार्जिलिङ भेट्रान भारत बिच हुने प्रतियोगिता संयोजक चौधरीले बताए ।

यसअघि हिजो भएको उद्घाटन खेलमा सिमरा ‘बि’ भेट्रान र चितवन भेट्रान चितवन विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा सर्लाही भेट्रानलाई ८–० गोल अन्तरले पराजित गर्दै सिमरा ‘बि’ भेट्रान विजयी भयो भने दोश्रो खेलमा नागसोती भेट्रान हेटौडालाई २–१ गोल अन्तरले पराजित गर्दै चितवन भेट्रान चितवन विजयी भएको थियो ।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बागमती भेट्रान, भेट्रान सिटि भेट्रान विरगञ्ज, भुटनदेवी भेट्रान, विरगञ्ज सिटि भेट्रान, काल भैरव भेट्रान हेटौडा, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान चितवन, विरगञ्ज युथ एकेमेडमी भेट्रान, काठमाण्डौ भेट्रान, कलकत्ता भेट्रान भारत, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, दार्जिलिङ भेट्रान भारत, सिमरा भेट्रान ए र सिमरा भेट्रान बिको सहभागिता रहेको प्रतियोगिता संयोजक चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैया पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय