३० भदौ ,बारा:सिमरा भेट्रान कप २०७९ : दोश्रो दिन ६ खेल सम्पन्न, भोलि क्वाटरफाईनल हुन भएको छ ।

सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज एकैदिन ६ वटा खेल सम्पन्न भएको छ ।

सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन आज ६ वटा खेल सम्पन्न भएको हो ।

स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा सिमरा भेट्रान ‘ए’ लाई १–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज युथ भेट्रान विजयी भएको थियो ।

खेलको दोश्रो हाफमा सिमरा भेट्रान ‘ए’ का लागि जर्सि नम्बर ८ का पुर्ण लामाले आत्मघाति गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिमरा भेट्रान ‘ए’ ले आत्मघाति गोल गरेपछि विरगञ्जले सहजै जित निकालेको हो ।

प्रतियोगिता अन्र्तगत विरगञ्ज युथ भेट्रानका रितु साक्य म्यान अफ द म्याच घोषित भए । उनलाई नव जनजागृती युवा क्लब सिमराका संस्थापक अध्यक्ष राजकुमार भट्राईले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी आजै भएको दोश्रो खेलमा भुटनदेबि भेट्रान हेटौडा विजयी भएको छ । भेट्रान सिटि बिरगञ्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै हेटौडा विजयी भएको हो ।

भुटनदेवीका लागी जर्सि नम्बर ४९, जर्सि नम्बर ९ र जर्सि नम्बर ४२ का खेलाडीले समान एक एक गोल गरेका थिए । उता, बिरगञ्जका लागी भने जर्सि नम्बर ९ का खेलाडीले एक गोल गरेका थिए ।

यसैगरी आजै भएको तेस्रो खेलमा बिरगञ्ज सिटि भेट्रान विजयी भएको छ । काल भैरव भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै विरगञ्ज विजयी भएको हो ।

विरगञ्जका लागी जर्सि नम्बर १० र जर्सि नम्बर ११ का खेलाडीले समान एक एक गोल गरेका थिए । उता, काल भैरव हेटौडाका लागी भने जर्सि नम्बर ७ का खेलाडीले एक गोल गरेका थिए ।

प्रतियोगिता अन्र्तगत आज दिउसो पनि ३ वटा खेल सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष राजकपुर राउत विजयले जानकारी दिनुभयो । पहिलो खेल दिउसो २ बजे काठमाण्डौ भेट्रान र कलकत्ता भेट्रान भारतबिच हुनेछ ।

दोस्रो खेल मोरङ भेट्रान र अभिषेक चर्च परासीबिच हुनेछ । यसैगरी तेस्रो खेल डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा र दार्जिलिङ भेट्रान भारतबिच हुने प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत आजै भएको चौथो खेलमा चितवन भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै कोलकत्ता भेट्रान विजयी भएको छ । कोलकत्ता भेट्रानका लागी जर्सि नम्बर २ र जर्सि नम्बर ११ का खेलाडीले समान एक एक गोल गरेका थिए ।

उता चितवन भेट्रानका लागी भने जर्सि नम्बर ५ का खेलाडीले एक गोल गरेका थिए । आजै भएको पाचौ खेलमा अभिषेक चर्च नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङ भेट्रान विजयी भएको छ । मोरङ भेट्रानका लागी जर्सि नम्बर १० का राम भुजेलले निर्णायक गोल गरेका थिए ।

आजै भएको अन्तिम खेलमा डेभिल्स भेलिसेन्ट भेट्रान पोखरलाई १–० गोल अन्तरले पराजित गर्दै दार्जलिङ भेट्रान भारत विजयी भएको छ । दार्जलिङका लागी जर्सि नम्बर ८५ का खेलाडीले निर्णायक गोल गरेका थिए ।

प्रतियोगिता अन्र्तगत भोलि क्वाटरफाईनल खेल हुने आयोजक क्लबका अध्यक्ष राज कपुर राउतले जानकारी दिनुभयो । राउतका अनुसार भोलि ४ वटा खेल हुनेछ । पहिलो खेल बिहान ७ बजे सिमरा भेट्रान बि र भुटनदेवी भेट्रानबिच हुने अध्यक्ष राउतले जानकारी दिनुभयो ।

दोश्रो खेल बिहान ८ बजे विरगञ्ज भेट्रान सिटि पर्सा र मोरङ भेट्रानबिच हुनेछ । यसैगरी तेस्रो खेल दिउसो ३ बजे चितवन भेट्रान र विरगञ्ज युथ एकेडेमी भेट्रानबिच हुने प्रतियोगिता संयोजक हरी चौधरीले बताउनुभयो ।

प्रतियोतिा अन्र्तगत भोलिको अन्तिम खेल दिउसो ४ बजे कलकत्ता भेट्रान भारत र दार्जलिङ भेट्रान भारतबिच हुनेछ । भदौ २९ गतेदेखि शुरु भएको प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैया पाउनेछन् । प्रतियोगिताको सह–प्रायोजकमा हुलास स्टिल सिमरा, जगदम्बा स्टिल सिमरा, यु आर गोल्ड प्रिमियम मसला चिया रहेको छ ।

यसैगरी प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा, लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री सिमरा, ईसुरेन्स पार्टनरमा जनरल ईन्सुरेन्स, हस्पिटालिटि पार्टनरमा अल्पाईन हस्पिटल सिमरा र मिडिया पार्टनरमा गोल नेपाल डटकम, रेडियो समर्पण ९८.२ मेगाहर्ज, ई सिलालेख डटकम र ए वान समाचार डटकम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय