३१ भदौ, डकाह
वडादशैं, तिहार र छट पर्वको अवसरमा मीत्र यूवा क्लब डकाहको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ स्थीत डकाह खेलमैदानमा यही असोज ६ गतेबाट प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबले जनाएको छ । जिल्लाका ग्रामिण प्रतियोगितामाहरुका सहभागि भइ ख्याती कमाएका १०को सहभागिता रहेका क्लबका सदस्य नवराज माझीले जानकारी दिए ।

सम्भावित टिमहरुमा आयोजकसँगै बाग्देव, बडहर्वा,रघुनाथपुर,पिलुवा,महेन्द्रनगर, डमुरवाना, मटेरिया लगायतका क्लबहरु छन् ।
पहिलो हुने टिमले प्रथम पुरस्कार २० हजार रुपैंया र ट्रफि प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले १० रुपैंया नगर र ट्रफी पाउने माझीले बताए ।

असोज १५ गते सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी द्रुतगतीमा भैरहेको उनले सुनाए ।
क्लबले बर्षे साना फुुटबल प्रतियोगिता गर्दै आएको छ ।

यसबर्ष पनि निरन्तरता दिन लागेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय