३१,भदौ सिमराः सिमरामा आयोजित अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको सेमिफाइनल खेल खेल शनिबार बहान र बेलुकी फईनल खेल हुने भएको छ । शुक्रवार सम्पन्न चारवटा क्वाटरफाईनल खेलबाट सिमरा भेट्रान बी, मोर भेट्रान, चितवन भेट्रान र भारतको कलकत्ता भेट्रान सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत शनिवार सेमिफाइनल र फाइलनका खेल हुनेछन् । आयोजक सिमरा भेट्रान क्लबका अनुसार सेमिफाइनलका खेल बिहान ७ बजेदेखि सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल सिमरा बी र मोरङ्ग बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा चितवन र कलकत्ता भिड्ने छन् । सेमिफाइनल खेल सम्पन्न भए पश्चात शनिवार दिउँसो ४ बजे फाईनल खेल हुनेछ ।

सिमरा रंगशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराले भुटनदेवी भेट्रान हेटौडालाई ३–१ ले पराजित गरेको हो । सिमराको जितमा विकर्ण श्रेष्ठले दुई र राजकुमार घिसिङ्गले एक गोल गरेका थिए । हेटौडाका लागि उत्तरकुमार दुलालले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच सिमराका विकर्ण श्रेष्ठ घोषित भए ।

यसैगरी सेमिफाइनलको यात्रा तय गर्ने क्रममा मोरङ्गले वीरगजंलाई १–० ले पराजित गरेको हो । दोस्रो क्वाटरफाइनल खेलमा मोरङ्गका लागि डेनिङ्ग राईले निर्णायक गोल गरेका थिए । डेनिङ्ग खेलको म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो क्वाटरफाइनल खेलमा चितवनले वीरगजं युथ एकेडेमी माथी ३–० जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । चितवनका लागि भरत गुरुङ्गले दुई र रमेश थापाले एक गोल गरेका थिए । चितवनका रमेश थापा खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी चौथो क्वाटरफाइनल खेलमा दार्जलिङ्गलाई १–० ले स्तब्ध पार्दै कलकत्ता सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलका लागि रन्जन सरकारले पेनाल्टीको सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए । कलकत्ताका गोलरक्षक नरेश धाली खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई नव जनजागृति युवा क्लब सिमराका पूर्वअध्यक्ष कासिम मियाँले पुरस्कार वितरण गरेका थिए ।

भारतका दुई सहित १६ टिमको सहभागिताको रहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजित प्रतियोगिता भदौ २९ गते सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय