मनोज शाह
३१ भदौ ,जितपुर:
जितपुरकी सरिता मुखिया गायनमा चर्चा बटुल्दै छन् । उनले गाएका केही भोजपुरी गीतले चर्चा पाएसँगै उनको चर्चा चुलिएको हो ।
जिल्लाको जितपुरसिमरा वडा नं.७ शान्ति टोला निवासी १९ बर्षकी नवगायीका मुखियाले हालसालै गाएका ५ वटा भक्ति गीतहरुले श्रोताको मन जितेको उनले बताईन् ।
यसअघि उनले धार्मिक सहितका सातवटा भोजपुरी गीतहरू गाएकी थिईन् । मुखियाको सानै देखि गीत रचना गर्ने , आफैं गाउने अनी गायिका बन्ने सपना थियो । दुर्गा माताले सपना पुरा गर्नु हुनेमा म ढुक्क छु । थप मेहनत समेत गरिरहेको उनले सुनाईन् ।
भारतमा संगित दिएका गीतहरु कतिपय उनी आफैंले लेखेकी हुन् भने केही अन्य सर्जकहरुको सहयोगमा तयार पारिएको हो । गीतका भिडियोहरु निर्माणमा स्थानिय भिडियो प्राविधिकहरुले काम गरेका उनी बताउँछिन् ।
मुखियाको सुरिलो स्वरमा गाईएका जादु दे द ए माई ,साँचो मे भाग भाग जाला होे , बाघवा जान मारेला , हर्लिना दुखवा हमार हो ,नाही भुलिइ माई पगली के लगायतका गीतले श्रोताको मन जितेको स्थानियले बताए ।
सरिता मुखियाले गाएका गितहरुको भिडियो लिन्कहरु यहाँबाट खोज्न सक्नु हुने छ।…….