नवराज घिमिरे
३१ भदौ, सिमरा

बाराको पथलैयामा ट्रमा सेन्टर सन्चालनमा ढिलाई नगर्न माग गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दी लाई माग पत्र पठाईएको छ । जितपुरसिमरा सार्वजनिक सरोकार समितिले इलाका प्रशासन कार्यालय, सिमरा मार्फत मधेस प्रदेश सरकारका मुख्यमन्त्री गद्दी लाई शुक्रबार माग पत्र पठाएको हो ।

सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल सहितको टोलीले निमित्त कार्यालय प्रमुख तारा प्रसाद आचार्य मार्फत मुख्य मन्त्रीलाई पठाइएको माग पत्रमा ट्रमा सेन्टर चाँडै सन्चालन गरी सेवा प्रवाह गर्नु अती आवस्यक रहेको औंल्याइएको छ । मधेस प्रदेश सरकारले प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा सन्चालन गर्ने तयारी गरेको थियो ।

राजमार्गमा दुर्घटनामा परि घाइते हुनेहरुको तत्काल उपचार गर्ने उदेश्यका साथ ट्रमा सेन्टर स्थापना गर्ने भनिएको थियो । तर समयमा ट्रमा सेन्टर सन्चालन नहुँदा बारा, पर्सा, रौतहट र राजमार्गमा यात्रा गर्ने यात्रुको समयमा उपचार पाउने अधिकार माथी खेलवाड भएको मागपत्रमा दावी गरिएको छ ।

राजमार्गमा हुने दुर्घटनाका घाइतेहरुले समयमा उपचार सेवा नपाउने समस्या समाधानका लागि ट्रमा सेन्टर सञ्चालन गर्ने योजना बनेको थियो । प्रदेश सरकारले बिगत ३ बर्ष देखि ट्रमा सेन्टर सन्चालनका लागि बजेट पनि बिनियोजन गर्दै आएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी सहितको प्राविधिक टोलिले निरीक्षण गरेर तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइए पनि सोको कार्यान्वयन अझै भएको छैन ।

मधेश प्रधेस सरकारका मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयलाई सम्बोधन गरि पठाइएको माग पत्रमा भौतिक पुर्बाधार सम्पन्न प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा तत्काल ट्रमा सेन्टर सन्चालनमा ल्याएर प्रतिबद्धता कार्यान्वयन गर्न माग गरिएको छ । सरोकार समितिले छिट्टै माग सम्बोधन नभए बाध्य भएर आन्दोलनमा उत्रने समेत माग पत्रमा उल्लेख गरेको छ ।

मागपत्र बुझ्दै इलाका प्रशासन कार्यालय, सिमराका निमित्त कार्यालय प्रमुख तारा प्रसाद आचार्यले सम्बन्धित निकायमा पुर्याउने तथा सम्बोधनका लागि आवस्यक पहल गर्ने प्रतिबद्धता जनाएकाछन् ।

मागपत्रमा नेकपा एमालेका नेता तथा सरोकार समितिका संयोजक मनोज पौडेल, नेपाली काङ्ग्रेसका नगर सभापति तथा सरोकार समितीका सदस्य छबिलाल शर्मा, राष्ट्रिय जनमोर्चाका नेता तथा सरोकार समितिका सदस्य कर्ण थापा, समाजसेबि बिदुर खड्काको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय