रुपन्देही: अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर एक दर्जन हाताहति भएका छन् भने दर्जनौ घाइते तथा बेपत्ता भएका छन् ।

अहिलेसम्म ११ जनाको शव भेटिएको, ७ जना वेपत्ता भएको र एक दर्जनभन्दा बढी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाटीखाँदमा गएको पहिरोमा परि ८ जना वेपत्ता भएकोमा ५ जनाको मृत्यु भएको छ भने १ जनाको सकुशल उद्धार गरिएको छ । २ जना अझै वेपत्ता छन् ।

त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उनले बताए । त्यस्तै ढकारी गाँउपालिकामा १ घर पुरिएर एक जनाको मृत्यु भएको र २ जना घाइते भएका छन् ।
तुर्माखाद गाँउपालिका वडा नं ५ नाँडागाउँमा ९ जना बेपत्ता भएकोमा ५ जनाको शव भेटिएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय