१ असोज २०७९
बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ को उपाधी जदहा भेट्रान क्लब मोरङ्गले प्राप्त गरेको छ ।

शनिबार बाराको सिमरा रंगशालामा भएको फाइनल खेलमा चितवन भेट्रान क्लबलाई २-० गोलले पराजित गर्दै मोरङले उपाधी हात पारेको हो । उसले १ लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ ।

स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगितामा भारतका २ सहित १६ वटा टिम सहभागी थिए ।
आजै बिहान ९ बजे भएको सेमिफाइनल खेलमा विरगञ्ज भेट्रान सिटि पर्सालाई पराजित गर्दै मोरङ भेट्रान फाइनल प्रवेश गरेको थियो । यसैगरी विरगञ्ज युथ एकेडेमी भेट्रानलाई पराजित गर्दै चितवन भेट्रान फाइनलमा पुगेको हो ।
भाद्र २९ गतेदेखि शुरु भएको प्रतियोगिता आज सकिएको हो । यस्तै उपबिजेता चीतवन भेट्रान क्लवले ७५ हजार रुपैयाका साथै ट्रफी प्राप्त गरेको छ ।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक अगुवा श्यामबाबू गुप्ताले वितरण गर्नु भएको हो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका नायव उपरीक्षक युवराज तिमल्सिना , नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , जनजागृती युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी , एमाले बाराका रबिन्द्र खकुरेल, नेपाल काँग्रेस जितपुरसिमरा सभापति छविलाल शर्मा, माओवादीका नगर अध्यक्ष प्रेम बराल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय