२ असोज, मनहर्वा बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष हरिदेव खरेलले वडा कार्यालय सम्हालेको १०० दिनमा थुप्रै काम गरेको बताउनु भयो । “हामीले यस अवधिमा ३ हजार बढी अब्यवस्थीत बसोबासीलाई जग्गाको निस्सा बाँडेका छौं । टाँगियावस्ती विधुतीरकणमा सहजिकरण ,डेरी स्थापना लगायत धेरै जनहितका काम गरेका छौं,” वहाँले भन्नु भयो ।
वडामा सुकुम्बासी तथा अब्यवस्थीतले ३१ सय विगाह जमिन प्राप्तीका लागि वडा मार्फत भुमि आयोगमा निवेदन दर्ता गएका छन् । ती मध्यका करिब १ हजार विगाह जमिनको ३ हजारलाई निस्सा बाँडिएको छ, वडा अध्यक्ष खरेलले बताउनु भयो ।
पशुपालन गर्ने किसानका पशुको विमा , उत्पादित दुध विक्रिका लागि डुमरवाना डेरीसँग सहकार्य गरी टाँगियावस्तीमा दुग्ध संकलन केन्द्र स्थापना गरिका छौं । हाल २ सय ५० लिटर संकलान भैरहेको छ ।
जनताका कामलाई प्रभावकारी बनाउन पूर्व वडाअध्यक्ष केदार बजगाँई सहित सर्वपक्षिय संयन्त्र बानाएर काम गरिरहेका छौं । यसबाट जनप्रतिधिहरुलाई काम गर्न थप सहज भएको छ । सबैको साथ र सहयोगले काम गरेरै एकसय दिन पुरा भएका हौं ,वहाँले भन्नु भयो ।
यसैगरी टाँगियावस्ती विधुती करणमा वन कार्यालयका कारण उत्पन्न ब्यावधानको समाधान गरी हिजो असोज १ गतेबाट विद्युत सुचारु भएको छ । यस अवधिमा त्यहाँका ५ सय बढी परिवारले बिधुत मिटर लिईसकेका छन् ।
यस्तै वडामा लागुऔषध तथा माद्यक पर्दाथ सेवन विरुद्ध जनचेतना मुलक कार्यहरु यस अवधिमा भए । खोलाबाट हुने दैनिक नदिजन्य पदार्थको चोरी नियन्त्रणमा ल्याउने काम गरिएको छ ।
यस अवधिमा कार्यालयलाई ब्यवस्थीत बनाईएको छ । वडा समिति सदस्यहरु समेतलाई दैनिक कार्यालय आउने वातावरण निर्माणका लागि फर्निचर ब्यवस्थापन गरि कार्य गर्दै आईरहेको छौं, वडा अध्यक्ष खरेलले बताउनु भयो ।
खरेल पूर्व वडाअध्यक्ष बजगाँईलाई पराजित गर्दै नेकपा (एमाले)बाट विजय हुनु भएको हो ।
वहाँहरुले दैनिक रुपमा कार्यालय आई सेवाग्राहिका समस्या सुनिदिने र समास्या समाधानमा सहजिकरण गर्ने र आवश्यकता अनुसार बैठकमा भाग लिने गर्दै आईरहनु भएका छ ।