३ असोज २०७९

बारा निजगढका मनोज भारतीलाई विकास रत्न पदकबाट सम्मानित हुने भएका छन् ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भारतीले पदक पाउने भएका हुन् ।

व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय भारती वैदेशिक रोजगारीबाट फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका छन् । सयौंलाई रोजगारी दिन सफल सयौं सामाजिक काम गरि राज्यलाई समेत सहयोग गरेका छन् ।

भारतीले भुकम्प, कोभिड–१९, बाढी पहिरो लगायत विभिन्न विपत्त तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।

उनले विद्यार्थी, खेलाडी, पत्रकार लगायतलाई समेत उद्योगबाट उत्पादित जर्सी उपलब्ध गराएर सहयोग गरेका छन् ।

यस अघि उनी २०७६ मा श्रम तथा रोजगार मन्त्रालयबाट समेत सम्मानित भएका थिए । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टबाट सम्मान ग्रहण गरेका भारती वैदेशिक रोजगारीबाट फर्केर उद्यम लागेर सफल ब्यक्ति हुन् ।

निजी ब्यवसाय मार्फत सयौंलाई रोजगारी सृजना गरेको भन्दै उनलाई तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय