४ असोज मनहर्वा,बारा

डकाहमा जिल्ला स्तरिय नकाउ फुटबल प्रतियोगिता सुरु भएको छ । दशैं, तिहार र छट पर्वको अवसरमा मीत्र यूवा क्लब डकाहको आयोजनामा जिल्ला स्तरिय नकाउट फुटबल प्रतियोगिता मंगलबार सूरु भएको हो ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ स्थीत डकाह खेलमैदानमा प्रतियागिताको वडा अध्यक्ष हरिदेव खरेलले गर्नु भएको हो । आयोजक मित्र यूवा क्लव र पिलुवा यूवा क्लब विच उद्घटन खेल भएको थियो । कार्यक्रमका अथिती वडा अध्यक्ष खरेलले प्रशिक्षकलाई बल हस्तान्तरण गरी खेलको सुवात गर्नु भएको हो ।

पहिलो दिनको खेलमा आयोजक मीत्र यूवा क्लवले जितेको छ । पिलुवा यूवा क्लवलाई २–० गोलको अन्तरले आयोजक टिमले जित हात पारेको हो । आयोजकको जितका लागि जर्सी नं.१५ मिलन लामाले खेलको ३४ मिनटमा पहिलो गोल गरे । यस्तै जर्सी नं.११ का अमित बछारले खेलको ६९ मिनटमा द्रोस्रो गोल गरेका थिए ।

गोलका लागि पिलुवाल्े पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा उसे सुन्य नतिजा सहित हार ब्यहोर्नु परेको हो । आजको प्रतियोगितामा अमित बछारले म्यान अफ दि म्याचको पुरस्कार प्राप्त गरेका छन् । उनलाई वडा अध्यक्ष खरेलले पुरस्कार प्रदान गुर्न भएको हो ।

जिल्ला १० टिम सहित असोज ६ गतेबाट आयोजना गर्ने भनियपनि सहभागि टिम बढेकाले २ दिन अघिबाटै प्रतियोगिता गर्नु परेको आयोजक क्लवका अध्यक्ष गुणराज मगरले बताउनु भयो ।

आयोजकसँगै बाग्देव, बडहर्वा, रघुनाथपुर, पिलुवा, महेन्द्रनगर, डमुरवाना, मटेरिया लगायतका क्लबहरुले प्रतियोगितामा भाग लिएका छन् । पहिलो हुने टिमले प्रथम पुरस्कार २० हजार रुपैंया र ट्रफि प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले १०हजार रुपैंया नगर र ट्रफी पाउने छन् ।

प्रतियोगिता असोज १५ गते सम्म चल्ने अध्यक्ष मगरले जानकारी दिनु भयो । भोली बुधबारको खेल बाग्देव यूवा क्लब निजगढ र रघुनाथपुर यूवा क्लव रामनगरका विच हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय