काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सीट बाँडफाँट प्रक्रियामा नेपाली कांग्रेसको दम्भ बढेको भन्दै आफ्नो बिर्ता नसम्झिन चेतावनी दिएका छन् ।

नेकपा एस निकट युवा संघको बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष नेपालले कसले कति सीट लिने भन्ने कुरामा छलफल चलिरहँदा कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको बताए ।

नेपालले भने, ‘पाँच दलमा कसले कति सीट लिने छलफल चलिरहेको छ । कांग्रेसले त देशै उनीहरुको पेवा जस्तो ठानेका छन् । उनीहरुको बिर्ता जस्तो सम्झिने । आज त बैठकमा मैले सुनाइदिएँ “यो तपाईंहरुको बिर्ता हो ?”

अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा आवाज मधुरो हुने गरेको भन्दै नेकपा एसको शक्ति बढाउन लाग्नुपर्ने बताए । उनले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको आरोप समेत लगाए ।

अध्यक्ष नेपालले अहिले गठबन्धनमा कांग्रेस एक सयबाट घटेर ८०/८५ मा झरेको र माओवादी ६० बाट ५० मा पुगेको बताए । उनले नेकपा एसले पनि ४० बाट ३० सीटमा अडान लिइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय