७, असोज :
बारा प्रहरीले गुणस्तरहिन घ्यू तथा बेकरी सामान उत्पादन गर्ने दुई कम्पनीमा शिलबन्दी गरेको छ । फेटा गाउँपालिका वडा नं.२ जगतपुर टोलमा संचालित गहवामाई वेकरी सटिङ्ग रिपिरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा वुधबार शिलबन्दी गरेको हो । सोको जानकारी भने प्रहरीले विहिबार मात्रै गराएको छ ।

“गुणस्तरहिन घ्यू उत्पादन भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी सहित जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा र उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधी अनुगममा गएका थियौं । उद्योगमा पुगेर उत्पादनको निरिक्षण गर्दा घ्यू लगायतका खाद्य सामाग्री गुणस्तहिन फेला पारेपछी उधोगमा शिल गरेका हौं,” बारा प्रहरी प्रमुख होबिन्द्र बोगट्टीले बताउनु भयो ।

“उद्योगमा अनुगमन गर्दा त्यहाँ उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू , कच्चा पदार्थ खानयोग्य पाईएनन् । उद्योगमा ठुलो परिमाणमा फेला परेका तयारी तथा तयार गर्न राखिएको कच्चा पदार्थ सहित स्थानिय प्रतिनिधि समेतको रोहबरमा उद्योगमा शिलबन्दी गरी थप अनुसन्धान कार्य अगाडी बढाइएका छौं,” उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय