१० असोज, काठमाडौ : बडा दशैं मनाउन उपत्यका छोड्ने संख्या बड्दै गर्दा यहाँका सार्वजनिक यातायातले यात्रु पाउन छाडेका छन्  । सार्वजनिक यातायात खाली खाली देखिएका छन् ।

बडादशैं देखी छट पर्व  सम्म  यात्रु  पाइंदैन । खल्तीबाट तेल हालेर गाडी कुदाउनु पर्ने हुन्छ ,  चक्रपथ यात्रु बसका चालक जीवन थापाले बताए । यात्रु गाउँ जान थालेपछि रिङ्ग रोडमा कुद्ने ठुला साना सवारी यात्रु घटेका हुन ।

सार्वजनिक सवारी चड्ने भनेकै उपत्यका बाहिरबाट यहाँ आएका मजदुर ,विद्यार्थी अनि काम विशेषले काठमाडौ आउनेहरू हुन् । उनिहरु दशैं घर फर्कएपछी गाडीहरू खाली भएका हुन्  चालक थापाले सुनाए ।

दशैं मनाउन दैनिक ५० हजार मानिसले उपत्यका छाडी रहेको र २० लाख मानिसले यो बर्ष उपत्यका छाड्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय