९ असोज, काठमाडौं : अबदेखि विद्यार्थीहरुलाइ केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए ।
ओपीडी शुल्क सेवा लिन जाँदा विद्यार्थीहरुले आफ्नो परिचय पत्र देखाउनु पर्नेछ ।ओपीडी बाहेक पनि अन्य परीक्षणमा शुल्कमा थप पहल गर्ने मन्त्रालयको योजना छ ।
यसअघि विभिन्न विद्यार्थी संगठनले उपचारमा छुट दिनु पर्ने भन्दै स्वास्थ्य मन्त्री भवानी खापुङलाई ध्यानाकर्षण गराएका थिए ।