१२ असोज ,काठमाडौं : तोकिएको भन्दा बढी भाडा लिने बल्खु सुमो काउन्टरका १० जनालाई बुधबार अपराह्न्न प्रहरीले पक्राउ गरेको छ ।
तोकिएको भाडामा दोब्बर सम्म भाडा लिएको यात्रुको गुनासोपछी यातायात ब्यवस्था कार्यालय र प्रहरीको संयुक्त अनुगमन टोलीले  उनीहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सादा पोसाकमा खटिएका प्रहरीले दशैं मनाउन घर फर्कने यात्रुलाई जवर्जस्ती बढी भाडा लिने  बल्खु स्थित विभिन्न सुमो सेवाका कर्मचारी तथा सुमोका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको महानगरीय प्रहरी प्रभाव बल्खुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय