१३ असोेज ,बारा:
माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा सहितका ११ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
समाजवादीका केन्द्रिय सदस्य एवं बारा जिल्ला कमिटी अध्यक्ष / मधेश प्रदेश प्रमुख सचेतक विश्वकर्मा सहितका नेकपा (एकीकृत समाजवादी )बाराका प्रभावशालि नेताहरु एमाले फर्किएका हुन् । केहिबेरमा अध्यक्ष ओलीको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्ने गरी अहिले वालकोटमा तयारी भैरहेको एमाले प्रवेश गरेकी सीता गुरुङ्गले जानकारी दिइन् ।
एमाले प्रवेश गर्नेमा प्रदेशसभा सदस्य ,केन्द्रीय निर्वाचन आयोग समिति सदस्य गुरुङ, केन्द्रीय परिषद् सदस्य कौशल किशोर सिहं , केन्द्रीय परिषद् सदस्य महेश विश्वकर्मा, मधेश प्रदेश कमिटी सदस्य तथा मुक्ति संगठन प्रदेश सदस्य दशरथ राम रहेका छन् । यस्तै मधेश प्रदेश कमिटी सदस्य विद्या थापा ,मधेश प्रदेश कमिटी सदस्य तथा मुक्ति संगठन प्रदेश अध्यक्ष मीन रहपाल ,पार्टी जिल्ला कमिटी सदस्य मन्जु खनाल छन् ।
यसैगरी एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी सदस्य तथा बारागढी गाउँपालिका कमिटी अध्यक्ष अच्छेलाल राम, पार्टी जिल्ला कमिटी सदस्य तथा देवताल गाउँपालिका कमिटी सचिव मुक्त सहनी र पार्टी जिल्ला कमिटी सदस्य, मन्जु भट्टराई एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पार्टी प्रवेश गराउन लागिएको हो । जिल्ला अध्यक्ष सहित ११ जना कमरेडहरु एमाले पार्टी प्रवेश गर्न लागेका हौं । बाँकी थप कुरा केही बेरपछी जानकारी दिन्छौं गरुङ्गले भनिन् ।