नवराज घिमिरे
बाराः पूर्व आइजिपी सर्वेन्द्र खनाल यती बेला चर्चा छन् । खनाल बारा क्षेत्र नं. ४ बाट चुनाव लड्ने भन्ने विषयमा चर्चा भएको हो ।
नेपाल प्रहरीमा रहँदा पटक पटक गरी करिब ५ वर्ष बारा पर्सामा कार्यकाल बिताएका खनालले अपराध यिन्त्रणमा खेललेको भुमिकाले यहाँका नागरिक उनीसँग अपरिचित छैेनन् ।

उनको कार्यकालमा शान्ति, शुरक्षा, अमनचैनको ग्यारेन्टी झैं गरेका खनालले यहाँका नागरिकको मन जितेका थिए ।
अपराध नियन्त्रणलाई मुख्य योजना बनाएका उनले अपराध न्युनिकरणसँगै बालविवाह, दाइजो प्रथा लगायतका समाजिक कुरिती विरुद्ध अभियान नै चलाएका थिए ।

उनले समाज परिवर्तनको लागि गरेको प्रयास आज उनका लागि जनमनले सम्झी रहेका छन् ।
समान्य नागरिकका गुनासा सुन्नका लागि समेत आईजिपी कार्यालय सहज पहुँचको वातावरण बनाएर समग्र मधेशको मन जितेका थिए ।
नेपाल प्रहरीबाट अवकाश लिएसँगै उनै खनाल गत साता मात्रै नेकपा एमालेमा प्रवेश गरेर राजनितीक यात्रा लागेपछि पहिलो पटक असोज १६ गते बारा आएका थिए ।

पचरौता नगरपालिकामा आयोजित यूवा संघको कार्यक्रममा उनलाई स्थानियले ५१ किलोको माला लगाएर सम्मान गरेका थिए । राष्ट्रिय यूवासंघ नगर कमिटीले आयोजना गरेको दशैं विशेष शुभकामना आदान प्रदान कार्यक्रममा उनलाई ५१ केजीको माललाले सम्मान गरिएको हो ।

खनालललाई बारा क्षेत्र नं. ४, पर्सा क्षेत्र नं. २, तनहुँ १ लगायत काठमाण्डाँैंबाट पनि आसन्न निर्वाचनमा उम्मेदवारी दिने यहाँको पार्टी कमिटिले आग्रह गरिरहेका छन् । सोही कारण प्रसंग बाहिर आएका हुन् ।

यता खनालले भने आफ्नो चाहना भन्दा पनि पार्टीको निर्णयलाई आत्मसात गर्ने बताएका छन् । उनले भने “यहि क्षेत्र भनेर मैले भन्नु भन्दा पनि पार्टीले काहाँको जिम्मेवारी दिन्छ, त्यो महत्वपुर्ण विषय हो ।

तर मधेशबाट लड्ने अवसर पाए हिजो कर्मचारी भएर बुझेको समाजलाई हर तवरले सम्मान जनक बाँच्ने वातावरण बनाउने धोको छ ।”
यसैबिच बारा क्षेत्र नं. ४ बाट खनालले टिकट पाउने विषय आधिकारिक नभएको बताउँछन् नेकपा एमाले बारा जिल्ला सचिवालय सदस्य मनोज पौडेल । उनले सर्वसहमत रुपमा देवनारायण चौधरीको नाम पठाएकोले खनालको विषय बारे आफु जानकार नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय