बारा: तत्कालि झिट्कैंया गाविसका पूर्व गाविस अध्यक्ष एवं राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल बाराका अध्यक्ष विक्रम महराको निधन भएको छ ।

कलैया उपमहानगरपालिका १६, मझौलियाका महराको ७५ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । हृदयघातका कारण उनको मृत्यु भएको अभियानका राष्ट्रिय अध्यक्ष राजेश विद्रोहीले जानकारी दिए ।

कोरोनाका कारण राज्यले गरेको लकडाउनका बेला दलितमाथि श्रृङखलावद्ध हत्या, हिंसा, बलात्कार, कुटपिट बढेपछि खबरदारी गर्न र दलितलाई अधिकार सम्पन्न बनाउन गठित अभियानमा महराले ठूलो भूमिका खेलेका थिए ।

अभियानका राष्ट्रिय अध्यक्ष विद्रोहीले शोक विज्ञप्ति निकाल्दै महराको निधनले जागरण अभियानलाई अपूर्निय क्षति भएको जनाएका छन् । उनले महराको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

महरा लामो समयदेखि कम्युनिस्ट राजनीतिकबाट प्रेरित थिए । नेकपा एमालेबाट २०४८ सालमा तत्कालिन उत्तरझिट्कैंया गाविस अध्यक्षमा निर्वाचित पनि भएका थिए भने राष्ट्रिय दलित आयोगको सदस्य समेत भएका थिए । महरा श्री गुरु रविदास मिसन नेपालका राष्ट्रिय अध्यक्ष समेत थिए । पूर्व अध्यक्ष समेत रहेका महरा सामाजिक अगुवा समेत थिए ।

नेकपा एमाले विभाजित भएपछि माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा संलग्न थिए । महराको परिवारमा १ छोरा २ छोरी र श्रीमती छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय