२० असोज २०७९
शनिबार विहान बाराको अमलेखगजं भएको बस दुर्घटना परि ज्यान गुमाउने १० जनाको सनासख भएको प्रहरीले जनाएको छ । पुरुष १० जना र महिला ६ जना गरी जम्मा १६ जनाको दुर्घटनामा मृत्यु भएको हो ।

बाराका प्रहरी नायव उपरिक्षक उवं प्रवक्ता राजेश थापाका अनुसार जितपुरसिमरा उपमहानगरपालिका वडा नंं.२२ की वडा सदस्य उषा विकका पति बारा अमलेखगजंका २८ वर्षीय सुरेश विकको दुर्घटनामा मृत्यु भएको छ ।

यस्तै मृत्यु हुनेहरुमा सोही ठाउँका ४५ वर्षिय लालबहादुर बोगट , कलैया १० का ३५ वर्षीय बज्रीना खातुन , पर्सा बिरगजंका ६५ वर्षीय सोमप्रसाद चौरासीया, ३५ वर्षीया मुन्नीदेवी चौरासीया, मकवानपुर हेटौँडा ७ की ५५ वर्षीया शभलक्ष्मी श्रेष्ठ र २० वर्षीया स्वस्तिका श्रेष्ठ, कलैयाकै २२ वर्षीय इन्ताक अन्सारी , धनुषा जनकपुर ५ का ५० बर्षका सन्तोष कुमार राय र गोर्खाकी अम्बिका कंडेल रहेका छन् ।

दुर्घटनामा घाइते भएकाहरु मध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा भएको हो । यस्तै २ जनाको चुरेहिल अस्पताल, एक जनाको मकवानपुर सहकारी अस्पताल तथा एक जनाको चितवनमा ज्यान गएको मकवानपुर प्रहरीलाई उद्रित गर्दै प्रवक्ता थापाले बताए ।
घाइतेहरु २५ जनामध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ । उनीहरु हेटौंडा, चितवन, विरगजं लगयतका स्थानहरुमा उपचार भैरहेको प्रहरी प्रवक्ता थापाले बताए ।

हेटौंडाबाट बिरगजंतर्फ आउँदै गरेको वागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

अस्पताल अनुसार बस दुर्घटनाका घाईतेहरुको उपचार भैरहेको विवरण यस प्रकार छ ।
चुरेहिल अस्पताल हेटौडामा उपचार भईरहेको घाईतेहरुको नामावली ;–
१.जिल्ला पर्सा बि.म.न.पा.१४ बस्ने वर्ष ३४ को अनवर अंसारीको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
२.जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ अम्लेखगंज बस्ने वर्ष १८ को आरएन बम्जनको बायाहात र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
३.ऐ. कलैया उ.म.न.पा. १४ घर भई हाल हेटौडा उ.म.न.पा. ८ बस्ने सागिर आलमको छोरा वर्ष ५ को अनस आलमको भित्री चोट अवस्था मध्यम
४.जिल्ला चितवन भरतपुर म.न.पा. १२ बस्ने वर्ष १६ की रितिका चौधरीको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
५.ऐ.ऐ. बस्ने निजको बहिनि वर्ष १२ कि प्रिति चौधरीको टाउको चोट अवस्था गम्भिर
६.जिल्ला स्याङजा आदिखोला घा.पा. ६ बस्ने वर्ष ४० की दिप्ती नारायण ढकालको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम(चालक)
७.जिल्ला पर्सा पकहा मैन्पुर गा.पा. ४ बस्ने वर्ष २० को सन्देश यादवको टाउकोमा चोट अवस्था सामान्य

पुरानो मेडिकल हस्पिटल चितवन
१.नामथर बतन नखुलेको बर्ष १५ की महिला– अवस्था गम्भिर
२.जिल्ला पर्सा बिरगंग म.न.पा १६ बस्ने बर्ष २ की साक्षी चौरसिया मध्यम
३.ऐ.ऐ.बस्ने बर्ष ९ को दिब्य चौरसिया मध्यम
४.ऐ.ऐ.बस्ने बर्ष ३५ की लक्ष्मीया देवी मध्यम
५.ऐ.ऐ.बस्ने बर्ष २२ की रबिना चौरसिया मध्यम
६.ऐ.ऐ.बस्ने बर्ष २५ को सन्दिप चौरसिया मध्यम
७.जिल्ला चितवन खैरहनी न.पा. ८ बस्ने बर्ष ५४ को भिमसेन अधिकारी मध्यम
८.ऐ.ऐ. बस्ने बर्ष ३८ की रबिना अधिकारी मध्यम
९.ऐ.ऐ.बस्ने बर्ष १७ को सन्देश अधिकारी मध्मम
१०.ऐ.ऐ.बस्ने बर्ष १४ को सृष्टि अधिकारी मध्यम
११.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष ३४ की मन्जु कुमारी लोप्चन मध्यम
१२.ऐ.ऐ.बस्ने बर्ष ७ की सुवानी घिसिङ मध्यम
१३.ऐ.ऐ.बस्ने बर्ष १२ को बिज्ञान घिसिङ मध्यम
१४.ऐ.ऐ.बस्ने बर्ष १४ को अमृत लोप्चन मध्यम
१५.ऐ.ऐ.बस्ने बर्ष १४ को प्रशान्त स्याङ्तान मध्यम

नयाँ मेडिकल हस्पिटल चितवन
१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा १४ बस्ने बर्ष ४४ की ठुलि माया लोप्चन मध्यम
२.जिल्ला चितवन भरतपुर म.न.पा.२२ बस्ने बर्ष २१ को आयुष बास्तोला मध्यम

नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगज
१. जिल्ला पर्सा बिरगंज म.न.पा. १६ नगवा बस्ने बर्ष ६० कि मालती देवी चौरसिया मध्यम

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय