राजु साह ,हेटौंडा
२० ,असोज २०७९
विहिबार बिहिन जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ को ३ नं. पुल नजिकै भएको बस दुर्घटनामा अमलेखगजंका २८ वर्षीय सुरेश विक सहित १६ जनाको मृत्यु भयो ।
हेटौंडाबाट बिरगजंतर्फ आउँदै गरेको वागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा भएको दुर्घटनामा १६ जनाले ज्यानले गुमाए । २५ जना बढि मानिस घाईते भएका छन् । त्यसमध्ये केहीको अवस्था गम्भिर छ । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको जनाएईको छ ।
बस दुर्घटनामा परि हेटौंडा अस्पतालमा उपचारत अमलेखगजंका मृतक शुरेश विकका छोरा १२ बर्षिय शिशिर भने सकुसल छन् । बाबाको काखमा बचेका उनीसँग दुर्घटनाबारे गरिएको छोटो कुराकानीलाई समेट्ने प्रयास गरेका छौं ।
बाबुसँगै हेटौंडाका आफन्तको हातबाट टिका लगाएर विहिबार विहान बस चडेर घर बाराको अमलेखगजं फकिँदै थियौं । म आफ्नै बुबाको काखमा बसको ड्राईभर कक्षमा बसेको थिँए । बस भरिभराउ यात्रु लिएर हेटौंडाबाट विरगजं तर्फ हुँईकिरहेको थियो । जव चुरियामाईको ओरालो कटेर ३ नंं. पुल नजिक पुग्न लागेको थियो ।ड्राईभरले आत्तिँदै ब्रेक फेल भएको सुनायो ।
मेरा बाबाले उनलाई नआत्तिन बरु भित्ता तिर लगेर बस रोक्ने प्रयास गर्नु त्यसले मानविय क्षेती कम हुन्छ भनिरहनु भएको थियो । सोकुराको वास्ता नगरि ड्राईभरले बस बाँया तर्फ झार्यो ।बस खस्नेबेला मलाई बाबाले जोडले काखमा समाउनु भयो ।
त्यतिनै बेला बस जोडले भुँईमा बजारिएर पल्टियो । म बाबाको काखमा शुरक्षित थिंए । तर बाबा सहित बसमा भएका बसै मान्छे रगतामम्य भएर छट्पटाउँदै, कराउँदै ,रुदैं गरिरहनु भएको थियो । मलाई समेत हातमा चोट लागेछ ।
त्यही बेला केही मान्छे आएर हामीलाई निकाले । पुलिस आयो । कोहिलाई बसमा कोहीलाई एम्बुलेन्समा हाले । अहिले म हेटौंडा अस्पतालमा छु । तर बुवालाई बचाउन सकिएन । मलाई बचाउँदा बाबाको मृत्यु भयो ।