२१ असोज ,बारा: विहिबार बिहिन जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ को ३ नं. पुल नजिकै यात्रु बस दुर्घटना भयो । बस दुर्घनामा परि ज्यान गुमाएका १४ जनाको सनाखत भएको छ । भने २ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट बिरगजंतर्फ आउँदै गरेको वागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा भएको दुर्घटनामा १६ जनाले ज्यानले गुमाए । २५ जना बढि मानिस घाईते भएका छन् । त्यसमध्ये केहीको अवस्था गम्भिर छ । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको जनाएईको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको दुर्घटनामा परि ज्यान गुमाएका मृतकको नामावली यस प्रकार छ :

१) जिल्ला बारा कलैया उ.म.न.पा.-२ बस्ने अं बर्ष-४०/४१ को लिलाराज चौधरी,सहकारी अस्पतालमा

२) जि.चितवन खैरहनी न.पा.-५ बुडौली बस्ने बर्ष- ६३ की नन्द कुमारी पुडासैनी ,टाउकोमा चोट (उपचारको क्रममा १३:३० बजे मृतक) चुरेहिल अस्पतालमा

३) जि.चितवन कालिका न.पा.- रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा बर्ष अ.-१४/१५ को सफल कडेल चुरेहिल अस्पतालमा
४) जिल्ला पर्सा बिरगंज म.न.पा.१६ बस्ने बर्ष अ.६५ को सोम प्रसाद चौरासिया,हेटौडा अस्पतालमा
५) ऐ.ऐ. बस्ने अ.बर्ष ३५/३६ कि मन्निदेवी चौरासिया हेटौडा अस्पतालमा
६) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.७ बस्ने बर्ष अ.५५/५६ कि शुभलक्ष्मी श्रेष्ठ हेटौडा अस्पतालमा
७) ऐ.ऐ.बस्ने अ.बर्ष १९/२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८) जिल्ला बारा कलैया उ.म.न.पा.१० बस्ने अ.बर्ष ३५/३६ कि नाजलिन खातुन हेटौडा अस्पतालमा
९) जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२२ बस्ने बर्ष अ.२८ को सुरेश बि.क. हेटौडा अस्पतालमा
१०) जिल्ला बारा कलैया उ.म.न.पा.१० बस्ने अ.बर्ष २५/२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा
११) जिल्ला ओखलढुङ्गा बस्ने अ.बर्ष  लाल बहादुर बोगटी (साथमा रहेको एक्सापयर भईसकेको प्र.ना.नि.को परिचयपत्र अनुसार) हेटौडा अस्पतालमा,
१२) जिल्ला चितवन खैरेनी न.पा. ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनीहेटौडा अस्पतालमा
१३) जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेलहेटौडा अस्पतालमा
१४) जिल्ला धनुषा जनकपुर उ.म.न.पा. ५ बस्ने बर्ष ५० कोसन्तोष कुमार राय १३;५१ मा मृत्यु  पुरानो मेडिकल क्लेज चितवन
बाँकी २ हेटौडा अस्पतालमा शव रहेको नामथर वतन खुल्न बाकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय