२१ असोज ,बारा: अमलेखगजं बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १८ जना पुगेको छ । मृतक सबैको सनाखत भएको प्रहरीले जनाएको छ । २५ जना घाईतेको विभिन्न स्थानका अस्पतालमा उपचार भैरहेकोमा ४ जनाको अवस्था गम्भिर रहेको बारा प्रहरीले जनाएको छ ।विहिबार १५ जनाको ज्यान गएकोमा थप ३ जनाको उपचारका क्रममा सुक्रबार मृत्यु भएको हो ।
पुरुष १० जना र महिला ८ जना गरी जम्मा १८ जनाको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए। उनका अनुसार घाईतेहरुको संख्या २५ छन् । जसमध्य ४ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनाका मृतक र घाईतेहरुको नामावली बारा प्रहरीले दिएको विवरण जस्ताको तस्तै तल उल्लेख गरिएको छ ।
मृतकको नामावली :
१) जिल्ला बारा कलैया उ.म.न.पा.-२ बस्ने अं बर्ष-४०/४१ को लिलाराज चौधरी,सहकारी अस्पतालमा
२) जि.चितवन खैरहनी न.पा.-५ बुडौली बस्ने बर्ष- ६३ की नन्द कुमारी पुडासैनी ,टाउकोमा चोट (उपचारको क्रममा १३:३० बजे मृतक) चुरेहिल अस्पतालमा
३) जि.चितवन कालिका न.पा.- रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा बर्ष अ.-१४/१५ को सफल कडेल चुरेहिल अस्पतालमा
४) जिल्ला पर्सा बिरगंज म.न.पा.१६ बस्ने बर्ष अ.६५ को सोम प्रसाद चौरासिया,हेटौडा अस्पतालमा
५) ऐ.ऐ. बस्ने अ.बर्ष ३५/३६ कि मन्निदेवी चौरासिया हेटौडा अस्पतालमा
६) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.७ बस्ने बर्ष अ.५५/५६ कि शुभलक्ष्मी श्रेष्ठ हेटौडा अस्पतालमा
७) ऐ.ऐ.बस्ने अ.बर्ष १९/२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८) जिल्ला बारा कलैया उ.म.न.पा.१० बस्ने अ.बर्ष ३५/३६ कि नाजलिन खातुन हेटौडा अस्पतालमा
९) जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२२ बस्ने बर्ष अ.२८ को सुरेश बि.क. हेटौडा अस्पतालमा
१०) जिल्ला बारा कलैया उ.म.न.पा.१० बस्ने अ.बर्ष २५/२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा
११) जिल्ला ओखलढुङ्गा बस्ने अ.बर्ष लाल बहादुर बोगटी (साथमा रहेको एक्सापयर भईसकेको प्र.ना.नि.को परिचयपत्र अनुसार) हेटौडा अस्पतालमा,
१२) जिल्ला चितवन खैरेनी न.पा. ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनीहेटौडा अस्पतालमा
१३) जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेलहेटौडा अस्पतालमा
१४) जिल्ला धनुषा जनकपुर उ.म.न.पा. ५ बस्ने बर्ष ५० कोसन्तोष कुमार राय १३;५१ मा मृत्यु पुरानो मेडिकल क्लेज चितवन
१५) जिल्ला बारा करैयामाई गा.पा.२ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा. १२ बस्ने वर्ष १६ की प्रितिका चौधरीको टाउको चोट अवस्था गम्भिर-(१६;३० बजे उपचारको क्रममा मृत्यु भएको)नयां मेडिकल चितवनमा
१६) जिल्ला बारा स्वर्ण गा.पा. ७ बस्ने अ.वर्ष ५५ को रामआश्रय राय यादव हेटौडा अस्पतालमा
१७) जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा. ६ लखनपुर बस्ने अ. वर्ष ५५ को गया राउत कम्करहेटौडा अस्पतालमा
१८) जिल्ला पर्सा बिरगंज म.न.पा. १६ नगवा बस्ने बर्ष ६० कि मालती देवी चौरसिया मध्यम (उपचारको क्रममा ऐ.२१ गते ००;३० बजे मृत्यु भएको) नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगज
घाईतेहरुको नामावली विवरण:
चुरेहिल अस्पताल हेटौडामा उपचार भईरहेको घाईतेहरुको नामावली ;-
१. जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ अम्लेखगंज बस्ने वर्ष १८ को आर्यन बम्जनको बायाहात र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
२. जिल्ला स्याङजा आदिखोला गा.पा. ६ बस्ने वर्ष ४० को दिप्ती नारायण ढकालको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम(चालक)
पुरानो मेडिकल हस्पिटल चितवन
१.) नामथर बतन नखुलेको बर्ष १५ की महिला- अवस्था गम्भिर
२.) जिल्ला पर्सा बिरगंग म.न.पा १६ बस्ने बर्ष २ की साक्षी चौरसिया मध्यम
३.) ऐ.ऐ.बस्ने बर्ष ९ को दिब्य चौरसिया मध्यम
४.) ऐ.ऐ.बस्ने बर्ष ३५ की लक्ष्मीया देवी मध्यम
५.) ऐ.ऐ.बस्ने बर्ष २२ की रबिना चौरसिया मध्यम
६.) ऐ.ऐ.बस्ने बर्ष २५ को सन्दिप चौरसिया मध्यम
७.) जिल्ला चितवन खैरहनी न.पा. ८ बस्ने बर्ष ५४ को भिमसेन अधिकारी मध्यम
८.) ऐ.ऐ. बस्ने बर्ष ३८ की रबिना अधिकारी मध्यम
९.) ऐ.ऐ.बस्ने बर्ष १७ को सन्देश अधिकारी मध्मम
१०.) ऐ.ऐ.बस्ने बर्ष १४ को सृष्टि अधिकारी मध्यम
११.) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष ३४ की मन्जु कुमारी लोप्चन मध्यम
१२.) ऐ.ऐ.बस्ने बर्ष ७ की सुवानी घिसिङ मध्यम
१३.) ऐ.ऐ.बस्ने बर्ष १२ को बिज्ञान घिसिङ मध्यम
१४.) ऐ.ऐ.बस्ने बर्ष १४ को अमृत लोप्चन मध्यम
१५.) ऐ.ऐ.बस्ने बर्ष १४ को प्रशान्त स्याङ्तान मध्यम
नयाँ मेडिकल हस्पिटल चितवन
१.) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा १४ बस्ने बर्ष ४४ की ठुलि माया लोप्चन मध्यम
२.) जिल्ला चितवन भरतपुर म.न.पा.२२ बस्ने बर्ष २१ को आयुष बास्तोला मध्यम
३.) जिल्ला चितवन राप्ती न.पा.८ बस्ने अं.बर्ष ६४ को श्रि प्रसाद त्रिपाठी मध्यम,
४.) जिल्ला बारा करैयामाई गा.पा.२ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा. १२ बस्ने वर्ष १६ की रितिका चौधरीको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
५.ऐ. खैरहनी न.पा. ५ बस्ने बर्ष १८ की अस्मिता बानिया-अवस्था गम्भीर
गण्डक अस्पताल बिरगंज
१)जिल्ला पर्सा बि.म.न.पा.१४ बहुअरी बस्ने वर्ष ३४ को अकवर अंसारीको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर
२)जिल्ला पर्सा पकहा मैन्पुर गा.पा. ४ बस्ने वर्ष २० को सन्देश यादवको टाउकोमा चोट अवस्था सामान्य
सहकारी अस्पताल हेटौडा उपचारमा रहेको घाईतेहरु :-
१.जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा.७ बुढिचौर बस्ने बर्ष १६/१७ को बिरोज पाख्रिन,टाउकोमा चोट,अवस्था मध्यम
२.ऐ.ऐ. बस्ने निजको बुवा अ.बर्ष ५०/५५ को ललित कुमार पाख्रिन,छाती र टाउकोमा चोट अवस्था गम्भिर
हेटौडा अस्पताल रहेको घाईतेहरु :
१.जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२२ बस्ने बर्ष ११ को शिशिर बि.क.,हातखुट्टामा चोट,मध्यम, हेटौडा अस्पतालमा उपचार हुदै
२.देश भारत मोतिहारी जिल्ला पुर्वी चम्पारण घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.४ सिमाचोक बस्ने बर्ष ४० को सन्तोष ठाकुर,हातखुट्टामा चोट,मध्यम,आफुखुसी भारत जान्छु भनी गएको ।
३.ऐ.ऐ.बस्ने बर्ष ४२ को शत्रुधन ठाकुर,हातखुट्टामा चोट,मध्यम, आफुखुसी भारत जान्छु भनी गएको ।