२२ असोज ,बारा: मधेश प्रदेश सरकारले भोली असोज २३ गतेका लागि सार्वजनिक विदा दिएको छ ।

ईस्लामिक धर्मका प्रवद्र्धक पैगम्बर हजरत मोहम्मदको जन्म भएको दिनका रुपमा भोलीका लागि सार्वजनिक विदा दिएको मधेश सरकारले जनाएको छ ।

गृह तथा संचार मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट मधेश प्रदेशको राजपत्रमा प्रकाशित सार्वजनिक विदा अनुसार भोलिको विदा दिन लागिएको मन्त्रालयले जनाएको छ ।

मोहम्मदको जन्म भएको दिन मधेश सरकारले बर्षेनी सार्वजनिक विदा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय