२२ असोज,बारा: प्रहरीले ठुलो परिमाणमा अबैध लागु औषध सहित एकजा भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

सुक्रबार साँझ ६ः३० बजेको समयमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा न.०२ महुवाहीबाट पक्राउन पर्नेमा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण पोष्ट बिजबनि ग्राम अगरवा वडा नं.२ बस्ने २८ बर्षका मोहन प्रसाद यादव भएको प्रहरीले जनाएको हो ।

उनको साथबाट प्रहरीले अबैध लागु औषध ईनजेक्सन डाईजोपाम ९ सय थान ,फेनारगन ९ सय र नोर्फिन ९ सय गरी जाम्मा २ हजार ७ सय बरामद भएको जनाएको छ ।

बिशेष सुचनाको आधारमा प्रहरी नायव निरिक्षक श्याम प्रकाश यादवको टोलीले उनलाई भारतीय नम्बरको माटरसाईकमा लुकाई ल्याएको लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

लागु औषध सहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी लागुऔषध मुद्दामा आवश्यक अनुशन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय