पुष्पराज खतिवडा
२३ असोज २०७९
बारा क्षेत्र नं.३ प्रतिनिधिसभा र प्रदेशसभाका लागि आवश्यक ३ पदका लागि अपराहन्न साँढे तीनबजे सम्म २५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ । विभिन्न पार्टीका तर्फबाट मात्रै नभएर स्वतन्त्र र बागी उमेदवारहरुले मनोनयन गर्दा गराएका हुन् । यो संख्या अझै बढ्न सक्ने बुझिएको छ ।

प्रतिनिधिसभा तर्फसबै भन्दा धेरै १० जनाको उमेदवारले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रदेशसभा तर्फको क र ख मा ७÷७ जना गरी १४ जनाले मनोदयन दर्ता भएको छ । प्रतिनिधिसभाकालागि नेकपा एमालेबाट पूर्व कृषि मन्त्री ज्वाला कुमारी साह र जसपा प्रदेश अध्यक्ष सांसद रामबाबु यादव, राप्रपाबाट रामनारायण यादव, राप्रपा नेपाल राजेन्द्र प्रसाद जैसवालले मनोनयन दर्ता गराएका छन् ।
यसै गरी रवी लामिछाने नेत्रृत्वको स्वतन्त्र पार्टीबाट कलामोदिन अंसारी , नेमकिपा नमुदिन मिंया, नेपाल पार्टीबाट चन्द्र प्रकाश सुवेदीले पनि प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छन् । दिनेश्वर झा,रामकृष्ण साह र मनोज पंडित कुम्हारले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

यस्तैगरी प्रदेशसभा को ३ (क) का लागि जनता समाजवादी पार्टी बाराका अध्यक्ष शिवनाथ पटेलले पार्टी परित्यागको घोषणा गर्दै लौरो चुनाव चिन्हमा नेपाली पार्टीबाट उमेदवारी मनोनयन गर्दा गराएका छन् । यसैक्षेत्रका लागि पूर्व गाविस अध्यक्ष नारायण क्षेत्रीले स्वतन्त्रबाट उमेदवारी दर्ता गरेका छन् । राप्रपाबाट बलिराम पटेल, राप्रपा नेपालबाट बलिराम हजरा दुसाद, जनता समाजवादी पार्टीबाट भरत खड्काले उमेदवारी दर्ता गरेका छन् ।

यस्तै प्रदेशसभा को ३ (ख) का लागि पूर्वप्रदेशसभा सदस्य मोहम्मद समिरले नेकपा एमाले र पारस साहले जनता पार्टीबाट उमेदवारी मनोनयन दर्ता गराएका छन् ।यसैगरी यसै क्षेत्रमा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति जयचन्द्र प्रसाद चौरसियाले ५ दलिय गठबन्धनको साझा उमेदवारी दिएका छन् । भने प्रमिला गिरी र बाच्चाला साह कानुले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । भने राप्रपा , राप्रपा नेपाल, नेमकिपा बाट क्रमश. गणेश प्रसाद जैसवाल, मनोज साह तेली, चन्द्रिका प्रसाद साहको उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

पार्टी परित्याग गरी उमेदवारी

बाराको क्षेत्र नं २ मा जनता समाजवादी पार्टी जसपाका केन्द्रिय सदस्य रामकिशोर यादवले टिकट बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यबाट राजिनामा दिएको घोषणा गरेका छन् ।
पार्टी परित्याग गरेका यादवले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको बताए । यादव मधेश अन्दोलन देखी जसपाको राजनितीमा सकृय रहेको थिए।
नेपाली कांग्रेसबाट २०६४ मा संविधान सभा सदस्य बनेका लालबाबु सिंहले पार्टी छाडेका छन् । आजै लोसपामा प्रवेश गरेका सिंहलाई लोसपाले बारा ३ प्रतिनिधिसभाको उमेदारबनाएर उमेदवारी दर्ता गराएको छ ।

लोसपा समेत सम्मीलित सत्तापक्षीय पाँच दलिय गठबन्धनबाट आर्का संविधानसभा सदस्य प्रमोद गुप्तालाई टिकट दिएको थियो । लोसपा जिल्ला नेता समेत रहेका गुप्ताले चुनाव लड्न नचाहेपछि सिंहलाई लोसपा प्रवेश गराई टिकट दिएको हो ।

लोसपाका नेता जीतेन्द्र सोनलले उनलाई पार्टीमा स्वागत गरेका हुन् । सत्ता गठबन्धनमा बारा ३ लोसपाको भागमा परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय