२३ असोज : २०७८ भाद्र ९ गतेएकबर्ष अघि दर्ता भएको नेकपा (एकिकृत समाजवादी) पार्टी  निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उमेदवारी मनोनयन गर्ने दिनसम्म आईपुग्दा बाराको निर्वाचन क्षेत्र नं.३ मा मात्रै नभई समग्र जिल्ला कमजोर बनेको छ ।

एकबर्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै माधव नेपाल नेतृत्वमा भिन्न दलका रुपमा तर्दा भएको नेकपा (एकिकृत समाजवादी ) पार्टीमा काम गर्न नसकिँने भन्दै पुनः एमाले फर्कनेको संख्या बढ्न थालेपछि पार्टी कमजोर बनेको हो ।

बाँकी रहेका नेता कार्यकर्ताहरुले सत्तापक्ष ५ दलिय गठबन्धनबाट उमेदवारी पाउने आश गरिरहेका बेला सत्तापक्ष गठबन्धनको भागबन्डामा बाराको ४ नं. क्षेत्र मात्रै उसको भागमा पर्यो । त्यसमापनि तनहुँबाट निर्वाचित पूर्व मन्त्री एवं साँसद कृष्णकुमार(किसान)क्षेष्ठलाई पार्टीले गठबन्धनको उमेदवार बनाएपछि पार्टीभित्र सर्वत्र असन्तुष्टि बढेको नेताहरु बताउँछन् ।

यसको सबैभन्दा ठुलो असर बारा क्षेत्र नं.३मा परेको छ । किनपनि नपरोस् भन्दा जिल्लाको केन्द्र रहेको सदरमुकाम कलैयाबाटै समग्र पार्टीको पावर शेयर हुँदै आएकोमा यसपटक त्यो खोसिएको छ । यसपटकको चुनावमा साराशक्ति क्षेत्र नं.४ मा लगाउनु पर्ने भएपति कलैया आसपास भनौं क्षेत्र नं.३ का जिल्लानेतामा अर्कोपार्टीका उमदरवालाई मतदाता भएर भोट माग्नु पर्दा निकै पिडा हुनु स्वभाविक हो ।

यसैकारण बारा क्षेत्र नं.३ मा नेकपा(एकिकृत समाजवादी)का जिल्ला नेताहरु तितरवितर बनेका छन् । उनीहरु अधिकाँशले विभिन्न पार्टि र स्वतन्त्र एवं बागि उमेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा एकिकृत समाजवादीले गठबन्धनबाट कोटा नपाएपछि यसअघि देखि उमेदवारीको तयारी गरेका नेताहरुले स्वतन्त्र र बागी उमेदवारी दर्ता गराएका हुन् ।

केन्द्रिय सदस्य समेत रहेका जिल्लाका प्रभावशाली यूवा नेता ध्रुव यादवले सामाजिक संजाल फेसबुकमा पार्टी परित्यागको घोषण गर्दै क्षेत्र नं. ३ (क) का लागि स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

यसै गरी जिल्ला नेता चन्द्र प्रकाश सुवेदीले नेपाल पार्टीबाट प्रतिनिधिसभाकालागि र अर्का जिल्ला नेता रमेश मोदकले पनि स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । मादकले क्षेत्र नं.३ (ख)बाट उमेदवारी दर्ता गराएका हुन् ।

पार्टी जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा सहित ३ दर्जनबढी नेताहरु पूरानैपार्टी एमालेमा फर्किसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय