२६, असोज निजगढः निजगढ नगरपालिका १२ कोलगाउँ निवासी रमण घिमिरे प्रदेशसभा १(क)बाट स्वतन्त्र उमेदवारी दिएका छन् ।

घिमिरे नेकपा माओवादीबाट राजनीतिमा लागेका ब्यक्ति हुन् । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) राजनैनिकमा उतारचढाव आएसँगै बैद्य, विप्लव (माओवादी) हुँदै पछिल्लो समय उनी नेकपा एमालेमा सकृय थिए ।

घिमिरे एमाले पार्टीले तालमेल रहित चुनावमा सहभागि हुने आफ्नै निर्णय विरुद्ध उपेन्द्र यादवको जसपासँग तालमेल गरेपछि चित्त नबुझेर स्वतन्त्रमा उमेदवारी दिएको बताए ।

राजनैतिक जिवनमा निकै संघर्ष गरेका बताउँदै घिमिरेले अव स्वतन्त्र रुपमा जनताको सेवा गर्ने सोच पलाएको बताए । जनप्रतिनिधका रुपमा जनताको सेवागर्ने मौका खोजेको हुँ, उनले भने । मलाई कोल्हबी, निजगढ छेत्रका जनताको समर्थन रहेको छ ।

यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल, हुलाकी मार्गको स्तर उन्नती र श्रेत्रमै पछाडी परको क्षेत्रहरु रतपुरी, सिंगौल,अमाव, प्रसौना लगायतका बासिन्दा पछाडिको समुदायको हितमा काम गर्ने योजना छ ।

भुमिहिनलाई भुमि, सुकुम्बासीलाई लालपुर्जा सँगै आय आर्जनका लागि पर्यटन क्षेत्रको विकास , नदिकटान नियन्त्रणमा आफुले काम गर्ने योजना छ, घिमिरेले बताए । सडकपूर्वाधार ,शिक्षा, स्वास्य र पर्यटन आफ्नो प्राथमिकतामा रहेका छन् ।

यी विषयहरु पुरागर्न जनताको साथ आवश्य पर्छ । यसक्षेत्र नं.१(क)का जनताको रोजईमा पर्न सक्छु भन्ने आशा छ । नेकपा माओवादी धारबाट आएकाले सो पार्टीको समेत साथ रहेको उनले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय