नवराज घिमिरे
२६ , असोज : बाराको प्रसौनीमा २ बालक सहित ३ जनाको विभत्स अवस्थामा शव फेला फेला परेको छ । बुधबार दिउँसो बाराको प्रसौनी गाँउपालिका–५, प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो ।दुई नाबालक सहित एकै परिवारको तिन जनाको हत्या गरि फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रस्टोका गाँउदेखी करिब दुई किलो मिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया पत्नी सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या शव फेला परेको हो । सोमबारबाट हराएका उनीहरुको दुईपछी शव फेला परेको मृतकका आफन्तले बताएका हुन् ।
उनीहरुको हत्यागरी फालिको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार तीनै जनालाई विभत्स तरिकाले हत्या गरिएको छ ।
घटना थाहा लगत्तै प्रहरीले दीपेन्द्रलाई घरमै घाइते अवस्थामा फेला पारेको छ । उनको उपचार बिरगजं स्थित एल.एस. न्युरो अस्पतामा भइरहेको उपरिक्षक बोगटीले जानकारी दिए ।
प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका गरेको छ । श्रीमती र छोराछोरीको हत्या गरि भाग्ने क्रममा दीपेन्द्र घाइते भएको हुनसक्ने प्रहरी उपरीक्षक बोगटीको बताए ।
उपचारत दिपेन्द्रले शनिबार मात्रै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ माईत गएकी पत्नी छोराछोरीलाई घर लिएर आएका थिए, घटना स्थलमा रहेका मृतक सुजाताका बुवा सुरेन्द्र चौधरीले बताए ।
उनका अनुसार सोमबार बिहान ३ बजे तिर एल. एस. न्युरो अस्पतालबाट फोन मार्फत ज्वाई दिपेन्द्रको घाईते अवस्थामा उपचार भैरहेको खबर आयो । हतारिँदै अस्पताल पुग्दा ज्वाँईलाई घाईते अवस्थामा देखें ।
घाईते ज्वाँईसँग कुराकानीका क्रममा छोरी र नाती नातिनी खोई भनि सोद्य्दा उनीहरु गँगटा मार्न गए भन्ने रुखो जवाफ दिए । ज्वाँईको जवाफबाट आत्तिदैं छोरीको घरपूग्दा उनीहरुलाई भेटिन र तत्कालै प्रहरी कार्यालय प्रसौनीमा सुचित गरेको गरें ।
लगतै खोजतलास सुरु गरेको प्रहरीले २ दिनपछी खोला किनारमा सड्न लागेको विभत्स अवस्थामा तीनै जनाको शव फेला पारेको हो ।
शवको प्रदेशिक आस्पताल कलैयामा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।