२७ असोज, बाराः सिम्रौनगढ नगरपालिका वडा नं. ८ ले किसानलाई गाई किन्न अनुदान दिने भएको छ ।

बुधबार नगरपालिकाको वडा नं.८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड कचर्वाको दोस्रो बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष राम दिनेश प्रसाद यादवले अनुदानको कार्यक्रम बारे जानकारी दिएका हुन्।

अध्यक्ष यादवले वडाको बजेटबाट कृषि क्षेत्रको विकास र साना किसानहरुको आयआर्जन वृद्धिका लागि अनुदानको कार्यक्रम ल्याइएको बताए ।उनले भने दूध उत्पादनका लागि किसानले खरिद गर्ने गार्इको मुल्यको ५० प्रतिशत रकम वडाले अनुदान दिने छ । यस्तो अनुदान यसबर्ष वडाका ५ मात्रै जना किसानलाई यस्तो अनुदान एक वा दुईवटाका गाई खरिदमा मात्रै दिनेछौं ।

यस्तै ५ कठ्ठा भन्दा बढिमा आलु बाहेकको तरकारी खेती गर्ने किसानलाई १० हजर रुपैयाँ अनुदान दिने कार्यक्रम भएको अध्यक्ष यादवले सभामा सहभागी साना किसान सदस्यलाई जानकारी दिए ।

पशुपालन, तरकारी खेती संगै कृषिसंग सम्बधित काम गर्ने योजना भए लिएर आउनु होस् आवश्यक सहयोग गछौं, उनले बताए ।
यस बर्ष वडाले किसान अनुदानका लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यो कार्यक्रमको आकर्षक हेरी आगामी बर्ष आवश्यकता अनुसार बजेट थप गरिने वडा अध्यक्ष यादवले बताए ।

उनका अनुसार ८-१० लिटर दूध दिने गाई स्थानीय स्थातरमै ६०-८० हजार रुपैयाँमा पाइने गरेको छ । नजिकै भारतीय गाउँहरुबाट समेत किसानले राम्रा गाई सस्तोमा किनेर ल्याउने गरेका छन् ,उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय