२८ ,असोज बारा: प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ आउन ३७ दिन मात्रै बाँकी छ । उमेदवारहरुले मनोनयन दर्ता गरी चुनाव चिन्ह पाईसकेका छन् । यतीबेला उमेदवारहरु मतदाताको घरदैलोमा ब्यक्तिगत भेटघाट सहित मत माग्न ब्यस्त छन् ।
बारा क्षेत्र नं.३ को प्रतिनिधिसभा सदस्यकालागि प्रमुख राजनैतिक दल नेकपा एमालेबाट पूर्वमन्त्री ज्वाला कुमारी साह, जनता समाजवादी पार्टी (जसपा) बाट रामबाबुु कुमार यादव मित्रवत प्रतिस्पर्धामा छन् । यता नेपाली काँग्रेस, नेकपा माओवादी, लाकतान्त्रीक समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी र राष्टिय जनमोर्चा सम्मीलित पाँच दलिय गठबन्धनका तर्फबाट लालबाबु सिंहको उमेदवारी परेको छ ।
यसअघि २०७४ मा जसपाका उमेदवार यादवले प्रतिनिधिसभा सदस्यमा यस क्षेत्रबाट जीत हात पार्दा एमालेकी साहले तत्कालिन एमाले माओवादी गठबन्धनको तर्फबाट प्रदेशसभा ३ (क)बाट निर्वाचित भएकी थिईन् ।भने उमेदवारी मनोनय दर्ताका दिन विहान नेपाली काँग्रेस त्यागेर लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) प्रवेशगेका थिए ।
सोही दिन उमेदवारी दर्ता गरेका सिंह संविधानसभा सदस्य हुन् । सिंह नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका थिए । पूर्व साँसद यादव, पूर्व मन्त्री साह र संविधानसभाका सदस्य सिंह तीनै जनाको प्रतिस्र्धा कमजोर नरहेको कतिपयले बताउँदै आएका छन् ।
२०७४ मा एमाले माओवादी एकताबाट तत्कालिन (नेकपा) बनेको थियो । नेकपाले देशका ७ मध्य मधेश बाहेकका ६ वटा प्रदेशमा बहुमतको सरकार बनाएको थियो । केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार निर्माण गरेको थियो ।
नेकपा भित्रको आन्तरिक कलहका कारण दुईपार्टी २०७७ फागुन २३ मो सर्वोच्च अदालतको फैसलाबाट नेकपा खारेज भए लगत्तै दुईपार्टी एकआपसमा भिन्न हुँदा माओवादी पृष्ठकी नेतृ साहले एमाले रोजेकी थिईन् । उनी २०७८ जेष्ठ २७ मा ओली सरकारमा कृषि मन्त्री भएकी थिईन् । यद्यपी उनको यो पद १३ दिन मात्रै टिकेको थियो ।
यसअघि समानुपातिकबाट संघिय सांसद, राज्यमन्त्री र प्रदेशसभा सदस्यको अनुभव बटुली सकेकी साहका लागि यसपटक प्रतिनिधिसभाको पहिलो अनुभव हुँदैछ । मधेशमुलकी छोरी पहाडीमुलकी बुहारी साहको उमेदवारीले क्षेत्र नं.३ का मतदाता उत्साहित बनेका छन् । उनीहरु मंसिर ४ को तिब्र प्रतिक्षा देखिएका छन् ।
यूवा अवस्थामै राज्य संचालनको अनुभव समालेकी साहले यसपटकको प्रतिस्पर्धामा बाजि मार्न सक्दा ३ नं. क्षेत्रको दिगो विकासमा महत्वपूर्ण मद्द पुग्ने स्थानियको भनाई छ ।प्रदेशसभा सदस्यका रुपमा रहेर करिब ४ बर्ष काम गरीकी साहले सडक, बजार, सिंचाईसँगै शिक्षाका क्षेत्रमा उल्लेखिय काम गरेर विकास प्रेमी नेताको पहिचान बनाएकी छन् ।
स्थानिय संघसंस्था क्लबहरुमा मार्फत स्थानियको आवश्यकताको सुनुवाई ,पहिचान र पहलगरी कार्यगर्ने महिला नेत्रृ साहको सरल कार्यशैलीले यसक्षेत्रको उत्तरी क्षेत्रमा उनी लोकप्रिय समेत छिन् । उनको लोकप्रियताको चर्चा सुनेका दक्षिण क्षेत्रका जनताको यसपटकको राजाई पूर्वमन्त्री साह पर्ने देखिएको कलैया उपमहानगरपालिका–१८ का रमेश चौरसियाले बताए ।