२९ असोज, बारा: प्रहरीले साँढे ४ केजी अबैध लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरि शनिबार सार्वजनिक गरेको छ ।
पक्राउन पर्नेमा बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने संगम क्षेत्री र सोही ठाउँका शिवशंकर साह भएको प्रहरीले जनाएको छ । गोप्य सुचानाका अधारमा सुक्रबार अपराहन्न ५ः३० बजेको समयमा बाराको पथलैयाबाट उनीहरुलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
पथलैयाबाट ना.२९प ७३२१ नम्बरको मोटरसाईकलमा जितपुर जाँदै गरेका उनीहरुको मोटरसाईकल रोकी चेकजाँच गर्दा चालकले बोकेको झोलमा उक्त परिमाणको गाँजा फेला परेको हो ।
मोटरसाईक, चालक र पछाडी सवार मानिसहरुलाई ईलाका प्रहरी कार्यालय सिमरा राखी आवश्यक अनुसन्धान भई रहेकोथापाले बताए ।