पुष्पराज खतिवडा

३१ असोज ,बारा
सीपयूक्त कामदार उत्पादन गर्ने सीप परियोजना बारामा पनि लागु हुने भएको छ । आईतबार सिमरामा सीप परियोजना संचालन गर्ने सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडसँगको सहकार्यमा सीप परियोजनाले मधेश प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्रम गर्दै आएको छ । दुईबर्ष अघिबाट वित्तिय संस्थाले सीपसँग सहकार्य गर्दै यी प्रदेशमा काम गर्दै आएपनि बारा सहित पर्सा र रौतहटमा भने पहिलोपटक संचालन ल्याउन लागिएको वित्तिय संस्थाले जनाएको छ ।

बारा , पर्सा र रौतहटका ३२ वटा साना किसान कृषि सहकारी संस्थाहरु मार्फत कार्यक्रम संचालन गरीने साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड नायव मुख्य प्रवन्धक नवराज सिंखडाले जानकारी दिनु भयो । “यस कार्यक्रमले विदेश जान चाहनेहरु र विदेशबाट फर्किएर स्वदेशमै केहीगरौं भन्ने यूवा जनशक्तिलाई विभिन्न सीप सिकाउने छ”, उहाँले बताउनु भयो ।

यस्तै वित्तिय संस्थाका सीप परियोजना संयोजक कृष्ण अर्यालले यूवाहरुलाई सीप सिकाउने र वित्तिय सेवाको ब्यवस्थापनमा सीप परियोजनाले सहयोग गर्ने जनाउनु भएको छ । ड्राईभिङ्ग, ईलेक्ट्रीक, होटलका काम, प्लम्वीङ्ग, कार्पेन्टीङ्ग लगायतका विभिन्न सिप सिकाएर दक्ष कामदार उत्पादन गर्ने काम गरिने उहाँले बताउनु भयो ।

सीप नभएकै कारण बैदेशिक रोजगारीमा जाँने यूवा जोखिममा पर्ने गरेको छ । अर्यालले बैदेशिक रोजगारीबाट अपेक्षित कमाई गर्न नसक्दा र्सजनसिल समय खेरजान नदिन दक्षता सीप महत्वपूर्ण हुने बताउनु भयो ।सीप नभएका कामदार विदेश जाँदा कमाई नहुने, गाह्रो , जोखिमयूक्त काममा खटिनुपरेको छ ।

विदेश जानेहरु मध्य जोखिमयूक्त काममा संलग्न यूवाहरुको बर्सेनी १० प्रतिशत विदेशमै मृत्य हुने गरेको र ६ प्रतिशत मानिस अंगभंग भएर फर्कने गरका छन् । त्यस्ता खालका जोखिमको न्युनिकरण गर्ने कार्यक्रमको मुख्य उदेश्य हो विभिगिय प्रमुख अर्यालले भन्नु भयो । स्थानिय साना किसान सहकारी संस्था मार्फत ग्रामिण क्षेत्रमा कार्यक्रम संचालन गरिने उहाँले बताउनु भयो ।

कार्यक्रममा साना किसान विकास लघुवित्ति वित्तिय संस्थाको परियोजना कार्यक्रमकी विभागिय प्रमुख ईशा ढकाल केसी, ईलाका प्रबन्धक कृष्ण कुमारी शर्मा, सिटिजन लाईफ ईन्सुरेन्सका विभागिय प्रमुख अनोज थापा, प्रशंसा ढुङ्गाना, सीप रियोजनाका स्थानिय सहजकर्ताहरु र तीन जिल्लाका साना किसान सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रबन्धक सहित ८७ जनाको सभागिता थियो ।

कार्यक्रम साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालयका वरिष्ठ सहायक हरिशरण ढकालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय