३१ असोज,बारा :पूर्व कृषिमन्त्री एवं बारा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उमेदवार ज्वालका कुमारी साहले पूर्व एमाले नेता प्रभु साहसँगै कुनै किसिमको सम्बन्ध नगरहेको बताएकी छन् ।

शनिबार साँझ जितपुरसिमराको बडहर्वामा प्रेस चौतारी बाराले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उमेदवार साहले प्रभुसँग सम्बन्ध रहेको वा उनीसँग नजिक रहेको कुरामा सत्यता नरहेको बताएकी हुन् ।

उनले भनिन् “हिजो माओवादीमा हुँदा पनि मलाई प्रचण्डले माया गरेकै ब्यक्ती थिँए । आज पनि एमाले अध्यक्षले माया र विश्वास गर्नु भएको छ । मलाई प्रभु साहको जरुरी कहिल्यै परेन । पर्ला जस्तो पनि लाग्दैन । ”
आफुलाई प्रभु साहसँग जोडेर भएको प्रचारलाई उनले बजारी हल्ला र प्रतिपक्षको आत्मारती भएको बताएकी छन् । “मैले पनि कँहीकँही सुन्दै आएको छु ।

ज्वाला साहलेपनि कतै भोली प्रभु साहले जस्तै एमालेलाई धोका दिन्नन् भनेर भैरहेको हल्ला सुने । प्रभु जिसँग जोडेर हल्ला गरिँदै रहेछ । यो सब , प्रतिपक्षले चलाएको बजारी हल्ला हो । यस कुरामा कुनै सत्यता छैन । तपाईहरुका माध्यमबाट तमाम जनमासमा विस्वस्त आग्रह गर्दछु ।”

उनले माओवादी आन्दोलन महिलाहरुकै कारण उच्चाईमा पुगेको र प्रचण्डले आजको हाईट पाएको बताईन् । हिजो जनयुद्धमा ५० प्रतिशत महिलाहरुको सहभागिता थियो । त्यो सहभागितामा म जस्तै हजारौं महिला सहभागि थिए । आखिर अहिले हेर्नुस्त । हिजो जनयूद्धमा लागेका ति हजारौं महिलाहरुको अवस्था केछ , उनले प्रश्न गरिन् ।

माओवादी परिवारवादमा फँसेको र प्रचण्डले बाटो विराउँदा माओवादी पतनको बाटो लागेको उनले बताईन । माओवादी र प्रचण्ड परिवारवादमा फस्नु भयो । जुनकुराले हामीलाई त्यहाँ बस्नै सक्ने अवस्था रहेन र हामी धेरैले एमाले रोजेका हौं ।

अध्यक्ष ओलीको राष्ट्रवादी अडान , विचार अनी जनहितको कार्यशैलीकै कारण एमाले रोजेका हौं । ताकि प्रभु साहले जस्तो स्वार्थ र पदलोलुपताका लागि पार्टी बदलिएको हैन । माओवादीमा पनि प्रभु जि म भन्दा पछिनै सहभागि हुनु भएको हो । पार्टी राजनितिमा म भन्दा कान्छो हुनु हुन्छ ।

समस्या त त्यो होनी वहाँ पुरुष भएकैले धेरै अवसरका कारण बढी चर्चामा आउनु भयो । पूरुषप्रधान मुलुकमा महिलाई गारो छनी उनले भनिन् । तरपनि ती गारोहरुलाई ज्वाला आफैंले पार गरेकी हुन् । प्रभु साहको एकईन्च योगदान छैन ।

एमालेले आफुलाई मधेश प्रदेशको अध्यक्ष बनाउँदा समेत मलाई किन अध्यक्ष बनाएको भन्दै अध्यक्ष ओलीसँग रिसाउनु भयो । महिलाबाट मधेशमा एमाले चल्दैन सच्याउनुस् । मलाई बनाउनुस् भनेर अध्यक्ष ओलीलाई धम्काउने प्रयास गर्नु मात्रै भएनकी धेरै ठाउँमा मेरा विरुद्ध बोल्नु भो , उनले भनिन् । हो त्यही बेलाबाट प्रभु जिसँगको सम्बन्ध मसँग छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय