पुष्पराज खतिवडा
३१ असोज ,बारा: कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका एकहुल हात्तिको बथानले बाराका विभिन्न पालिकाका गाउँघरमा आतंक मचाई रहेका छन् ।

बाराको कोल्हवी ,करैयामाई र जीतपुरसिमरा आसपासका जंगल किनारका गाउँवस्तीहरुमा हात्ति पसेर दुःख दिएको स्थानियले बताएका छन् । रातको समयमा गाउँ छिरेर घर भत्काउने, घरमा रहेको अन्नबाली खाने, नोक्सान गर्ने गरेका कारण स्थानिय तनावमा रहेको कोल्हबीका नविन चौधरीले बताए ।

जंगली हात्तिले कोल्हवी नगरपालिका अन्तरगत जुअवा, भलुवाईखोर, करैयामाई गाउँपालिकाको ककडी, सखुअवा, नयाँबस्ती त्यसैगरी जितपुरसिमराको जैतापुर, कुस्माडी,बडहर्वा, डकाह, पिलुवा र सबैभन्दा बढी अमलेखगजंमा दुःख दिएको प्रहरीले जनाएको छ ।

कोल्हबी नगरपालिका वडा नं.३ सानो जुअवाका ९ परिवारको घर भत्कार घरभित्र रहेको अन्न खाएको स्थानिय अरुण चौधरीले बताए । यस्तै जितपुरसिमराको वडा नं.२१को अमलेखगजंमा करिब ७ र वडा नं.१८ बडहर्वाको एउटा घरमा हात्तीले क्षेती पुर्याएको बारा प्रहरी प्रवक्ता प्रहरी नयाव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

पर्सा राष्ट्रिय निकुन्जका सहायक शंरक्षण अधिकृत सुर्य खड्काका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तिले जिल्लाका केही ठाउँमा दुःख दिएको बताउनु भयो । उहाँका अनुसार हात्तिको गर्वाधान प्रकृयाको समय भएकाले पोथी हात्तिको खोजिमा निस्कीएको ५ वडा हात्ति यतिबेला यसक्षेत्रको जंगलमा छन् ।

ती समुह यतीबेला तितरवितर भएकाले कँहीं कतै गाउँमा निस्कीएर दुःख दिएको हुनसक्छ । त्यस मध्यको एउटा अमलेखगजंमा रहेको र यहाँ हात्तिसारमा रहेकी राप्तीकतीकोसँग संसर्गमा आएको छ ।

प्रजनन्का लागि गर्वाधान प्रकृयामा रहेकी राप्तीकतीसँगै बसिरहेको छ । उक्त भाले हात्ति र पोथीका विच हिजोसाँझ सम्म १८ पटक सहवास (मिटिङ्ग) भईसकेकाले अरु केहीदिन सो हात्ति यतै बस्न सक्ने उहाँले बताउनु भयो ।

सहवासमा रहेकाबेला भाले हात्ति कुनैकुनै बेला गाउँतिर छिरेर दुःख दिन सक्ने भएकाले संभावित नोक्सानी हुन नदिन चौविसै घण्टा नेपाली सेनाले निगरानी गरिरहेको छ । गाउँ पस्न खोज्दा तर्साएर पुनः जंगल धपाउने कार्य भैरहेको सहायक शंरक्षण अधिकृत खड्काले बताउनु भयो ।

फोटोमा : सुक्रबार राती जंगली हात्तिले जिल्लाको कोल्हबी नगरपालिका ३ जुअवाका स्थानिय गजानन्द चौधरीको भत्काएको घर र छरिएको धान ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय